Techie IT
×
२७ असार, २०७७, शनिबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश ७आइसोलेसनबाट घर पठाइएका १३ जनामा कोरोना पुष्टि

आइसोलेसनबाट घर पठाइएका १३ जनामा कोरोना पुष्टि


महेन्द्रनगर – कञ्चनपुरमा १४ दिन क्वारेन्टिन र १५ दिन आइसोलेसन बसाई पछि स्वाब संकलन गरेर घर पठाइएका १३ जनामा कोरोना पुष्टि भएको छ।

जिल्लाको महाकाली नगरपालिकास्थित दोधारा–चाँदनीका १३ संक्रमितलाई पीसीआर रिपोर्ट नआउँदै घर पठाइएको खुलेको हो। महाकाली नगरपालिकाका कोभिड–१९ फोकल पर्सन जय बहादुर महराले उनीहरुमा शुक्रबार संक्रमण पुष्टि भएको बताए।

संक्रमितमा कुनै किसिमको लक्षण नदेखिएकोले उनीहरुलाई होम आइसोलेसनमै बस्न सुझाईएको महराले बताए। संक्रमितलाई पीसीआर रिपोर्ट आउन ढिलाई हुँदा स्वाब संकलन पछि भानु उच्च माध्यमिक विद्यालयको आइसोलेसनबाट घर पठाइएको थियो।

महाकाली नगरपालिका–६, ७, ९ र १० का २ महिला ११ पुरुष गरी १३ जनामा संक्रमण पुष्टि भएको थियो। नगरपालिकाको विभिन्न क्वारेन्टिनमा रहेका उनीहरुलाई आरडीटी पोजेटिभ पछि विद्यालयको आइसोलेसनमा राखिएको थियो। झण्डै १८ दिन पछि उनीहरुको कोरोना परीक्षण रिपोर्ट आएको हो।

 

 




तपाईको प्रतिक्रिया दिनुहोस