Techie IT
×
२७ असार, २०७७, शनिबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश ७मालाखेती अस्पतालको नाम परिवर्तन नगरी सेवा सुुविधा थप्नुपर्ने भन्दै वडाबासीले बुझाए वडाध्यक्षलाई ज्ञापन पत्र

मालाखेती अस्पतालको नाम परिवर्तन नगरी सेवा सुुविधा थप्नुपर्ने भन्दै वडाबासीले बुझाए वडाध्यक्षलाई ज्ञापन पत्र


अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नं. ३ का वडाबासीले वडाध्यक्षलाई ज्ञापन पत्र बुझाएका छन ।

नगरपालीकाको पाचौ नगरसभामा मालाखेती अस्पतालको नाम परिवर्तन गरी गोदावरी नगर अस्पताल राख्ने निर्णय गरिएपछि अस्पतालको नाम परिवर्तन नगरी सेवा सुविधा थप गर्न माग गर्दै उनिहरुले वडाध्यक्षलाई ज्ञापन पत्र बुझाएका हुन ।ज्ञापन पत्रमा मालाखेती भन्ने शब्द आफैमा देशभरी ऐतिहासीक महत्व बोकेको नाम भएको उल्लेख गर्दै वडाबासी वडाबासी एवम् व्यवसायी राजु भट्टराईले २०४१/०४२ सालमा जेनतेन गरी मालाखेती हेल्थ पोष्टको नाममा स्वास्थ्य संस्थाको स्थापना भएको बताए ।

ज्ञापन पत्रमा बुदाँगत रुपमा उल्लेख गरिएका मालाखेती शब्दको परिभाषा बताउदै उनले देशका अन्य स्वास्थ्य संस्थाहरुले विकसित हुने अवसर पाएपनि मालाखेती अस्पतालले विकसीत हुने अवसर नपाएको बताए । उनका अनुसार लोकतन्त्र, गणतन्त्र आईसकेपछि मात्रै हेल्थ पोष्टले अस्पतालको रुप धारण गरेको हो ।

‘वर्तमान अवस्थामा विकसीत हुदै गरेको यस अस्पतालले यस क्षेत्रको ऐतिहासीकता कायम राख्ने छ भन्ने आशा पलाएकोमा मिति २०७७र०३र१० गतेका दिन गोदावरी नगरपालीकाको निति तथा कार्यक्रमको बुदाँ नम्बर ११४ ले यस क्षेत्रका जनताको आशामाथी गम्भीर प्रहार गरेको छ’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ‘आशा छ ज्ञापन पत्र मार्फत गरिएको हाम्रो मागप्रति यहाँको ध्यानाकर्षण हुनेछ ।’ नगरपालीकाको निति तथा कार्यक्रममा बुदाँ नम्बर ११४ मा लेखिएको मालाखेती अस्पतालको नाम परिवर्तन गरी गोदावरी नगर अस्पताल राख्ने निर्णयलाई सच्याई अस्पतालको विकाशका लागी निति तथा कार्यक्रममा विशेष व्यवस्था गरिनुपर्ने उक्त ज्ञापन पत्र मार्फत वडाबासीहरुले माग गरेका छन ।

उनिहरुले अस्पतालको नाम परिवर्तन नगरी सेवा र सुविधा वृद्धि गर्नुका साथै स्तरोन्नती गरिनुपर्ने बताएका छन । ज्ञापन पत्र बुझ्दै वडा नं. ३ का वडाध्यक्ष मोहन बहादुर खत्रीले मालाखेती शब्दले यहाँको ऐतिहासीक महत्व बोकेको हुदाँ नाम परिवर्तन गर्न नहुने बताए । अस्पतालको नाम प परिवर्तन नगरी सेवा सुविधा थप गर्न आफ्नो तर्फबाट गर्न सकिने सम्पुर्ण प्रयास आफुले गर्ने र अस्पताललाई मालाखेती अस्पतालकै रुपमा स्तरोन्नती गर्न पहल गर्ने उनले बताए ।




तपाईको प्रतिक्रिया दिनुहोस