Techie IT
×
२७ असार, २०७७, शनिबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश ७सुदूरपश्चिम प्रदेशमा दुई सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा दुई सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि


धनगढी – सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा दुई सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, धनगढी प्रयोगशाला र चितवन प्रयोगशालामा भएको परीक्षणमा आज दुई सय १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार डोटीका ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८, बाजुरा र बैतडीका २७/२७, बझाङका नौँ, दार्चुलाका तीन र अछाम जिल्लाका एक जनामा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार ८ सय ८६ पुगेको छ।




तपाईको प्रतिक्रिया दिनुहोस