Techie IT
×
२७ असार, २०७७, शनिबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमुख्य खबरनेपालमा थप ५९३ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो

नेपालमा थप ५९३ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा काठमाडौंका ३ सहित ५९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका  विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा नयाँ संक्रमित १०७ महिला र ४८६ पुरूष गरी ५९३ कोरोना संक्रमित थपिएका हुन्।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको   छ।कूल संक्रमितमध्ये १० हजार ५०६ पुरूष र एक हजार २४९ महिला छन्।

यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना निको हुनेको कूल संख्या २ हजार ६९८ रहेको मन्त्रालयले जनाएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस