Techie IT
×
२७ असार, २०७७, शनिबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमुख्य खबरथप १८९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १४०१ पुग्यो

थप १८९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १४०१ पुग्यो


काठमाडौं – पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमित संख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।संक्रमित हुनेमा पुरुष  एकहजार २८८ र महिला ११३ छन्।

आज थप हुनेमा कपिलबस्तु ११४, धनुषा ७, झापा १, ललितपुर १, महोत्तरी ४, रौतहट ६, सर्लाही १७, सिराहा ११, सप्तरी ९, दाङ ५, दैलेख १४, पर्सा २, बारा १ र संखुवासभाका २ जनालाई संक्रमित पुगेको छ । संक्रमित जिल्ला ५३ पुगेको छ । हालसम्म कोरोना निको भएर २१९ जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म ६ जना संक्रमितको मृत्यु समेत भएको छ ।

प्रादेशिक विवरण अनुसार प्रदेश १ मा १६०, प्रदेश २ मा ५४७, बाग्मती प्रदेशमा ४५, गण्डकीमा २०, प्रदेश ५ मा ५४७, कर्णालीमा ६१ र सुदूरपश्चिममा २१ जना संक्रमित भएका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस