Techie IT
×
१५ असोज, २०७७, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारपत्रकार भिम विकमाथि भएको अभद्र व्यवहारप्रति एड्जोन कैलालीको गम्भिर ध्यानाकर्षण

पत्रकार भिम विकमाथि भएको अभद्र व्यवहारप्रति एड्जोन कैलालीको गम्भिर ध्यानाकर्षण


कैलाली – कैलालीको टीकापुरमा क्रियाशिल दलित पत्रकार संघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ कैलालीका सदस्य भिम विक माथि भएको गालिगलौज र अभद्र व्यवहारप्रति क्रियाशिल दलित पत्रकार संघ नेपाल कैलाली शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।

२०७७ जेठ १५ गते कैलालीको टीकापुर नगरपालिका ९ स्थिति सत्ती भन्सार कार्यालय खक्रौलाबाट मालबाहाक सवारी साधनभित्रिएको बिरोधमा स्थानियले गरेको सडक अबरुद्ध घटनाका बारेमा सामाजिक संजाल फेसबुक र अनलाईन न्युजमार्फत जानकारी दिएको विषयलाई लिएर गरिएको गालिगलौज र अभद्र व्यवहार भएको घटनाको कैलाली शाख घोर भत्सर्ना गर्दछ ।

स्थानियले बाटो बन्द गरेको बारेमा समान्य जानकारी दिने फेसबुक स्टेटस र न्युज लेखेकै कारण गरिएको यस अमानविय व्यवहारको निन्दा गर्दै, यस संघका प्रदेश अध्यक्ष माथि भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषिलाई कडा भन्दा कडा कारवाहीको माग गर्दैछौं ।

साथै कोरोना भाईरसको महामारिको समयमा अग्रपंक्तिमा रहेर नागरिकलाई सुसूचित गर्ने काममा खटिएका पत्रकारहरु प्रति यस किसिमको व्यवहारले मनोबल घट्ने र असुरक्षित महशुस हुने भएकाले पत्रकारको सुरक्षाका सवालमा संवेदनशील रहन र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउन स्थानिय प्रशासनसंग  माग गर्दछौं ।

 




तपाईको प्रतिक्रिया दिनुहोस