Techie IT
×
२६ असार, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश ७कुहिएको चामलमा रश्मी ट्रेडले आफ्नो संग्लनता रहेको स्विकार

कुहिएको चामलमा रश्मी ट्रेडले आफ्नो संग्लनता रहेको स्विकार

उप–महानगरपालिकालाई विवादमा तान्ने किरा परेको चामल हाम्रो हो क्षमा प्रार्थी छु : रश्मी ट्रेड कन्सर्न


धनगढी – राहत वितरणका क्रममा फेला परेको कुहिएको चामलमा रश्मी ट्रेडले आफ्नो संग्लनता रहेको गल्ती स्विकार गरेको छ ।

बिहिबार रश्मि ट्रेडका सञ्चालक ओम प्रकाश अग्रवालले विज्ञप्ती जारी गर्दै किरा परेको चामल प्रकरणमा आफ्नो संग्लनता रहेको स्विकार गरेको हो । उस्ले आफ्नो गल्तीका कारण धनगढी उप–महानगरपालिका र ठाकुर ट्रेड लिंक बिवादमा मुचिएको स्वीकार गरेको छ । विज्ञप्तीमा भनिएको छ , किरा फेला परेको १५ किलोको चामल आफुले उपलब्ध गराएको र त्यसले धनगढी उप–महानगरपालिका, चामल आपूर्तिकर्ता ठाकुर ट्रेड लिंक र नगरवासीलाई पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छु ।

‘चामल आपूर्तिकर्ता ठाकुर ट्रेड लिंकको नाममा अनर्गल प्रचार गरिदै आईएकोमा सो काममा हाम्रो पनि संग्लनता रहेको र हाम्रोबाट गल्ती र कमीकमजोरीका कारण चामल आपूर्तिकर्ता र धनगढी उप–महानगरपालिकालाई असर परेको हो ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

ठाकुर ट्रेड लिंकले आपूर्तीको ठेक्का पाएको र सो आपूर्तीकर्ता संग रश्मी ट्रेड कन्सर्नले पनि आधा चामल आपूर्तिकर्ता गर्नका लागि मौखिम सहमती भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा किरा परेको एक सय ८५ क्वीन्टल चामल आफ्नो रहेको समेत रश्मी ट्रेडले स्विकार गरेको छ । यसलाई रश्मी ट्रेड कन्सर्नले मानविय त्रुटी बताएको छ । आगामी दिनमा यस्तो गल्ती दोहरीन नदिने प्रतिवद्धता विज्ञप्तीमा गरिएको छ ।

धनगढी उप–महानगरपालिकाले दुई करोड ६१ लाखमा तीन हजार तीन सय सात क्वीन्टल चामल सहित अन्य राहत सामाग्री खरिदका लागि ठेक्का आह्वान गरेकोमा ठाकुर ट्रेडले ठेक्का पाएको थियो ।

राहत चामल खरिदमा उप–महानगरपालिकाले अनियमितताको आरोप समेत लगाईएको थियो । यस प्रकरणको सत्य कुरा बाहिर ल्याउनका लागि धनगढी उप–महानगरपालिकाले छानविन समिति बनाएर काम अगाडी बढाएको थियो ।

छानविन समितिको प्रतिवेदनको आधारमा कार्यापालिका बैठकले ‘चामल आपूर्तिकर्ता ठाकुर ट्रेड लिंकलाई सुनुवाईको समय सहित कालोसूचीमा राख्न सम्वन्धीत निकायमा सिफारिस गर्ने , रश्मी ट्रेड कन्सर्नलाई छानविनका लागि सम्वन्धीत निकायमा लेखी पठाउने र चामल खरिद प्रकृयामा दायीत्व भएका कर्मचारीहरुलाई स्पष्टीकरण सोधेर कार्वाही अगाडी बढाउने निर्णय गरेको थियो ।


ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस