Techie IT
×
२७ असार, २०७७, शनिबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमुख्य खबरनेपाली सेनाले ल्यायो चीनको ग्वान्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री

नेपाली सेनाले ल्यायो चीनको ग्वान्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री


काठमाडौं – नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले ती स्वास्थ्य सामग्री आज  काठमाडौँ ल्याएको हो । निगमको सो वाइडबडी जहाज बुधबार राति चीनको ग्वान्जाओ उडेको थियो । सो जहाजले सो स्थानबाट करिब १५ टन स्वास्थ्य सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

उनका अनुसार वाइडबडी जहाजका दुई उडानबाट झण्डै ३२ टन स्वास्थ्य सामग्री ल्याइएको छ । उनले चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीमध्ये ४७.५ टन जहाजबाट ल्याउने भनिए पनि पछिल्लो उडानमा ३० पोर्टेवल एक्सरे मेसिन जहाजमा नअटेकाले स्थलमार्गबाटै ल्याउने व्यवस्था मिलाइएको बताए ।

सेनाले जिटुजी प्रक्रियाबाट चीनसँग खरिद गरेको ३४१ टन स्वास्थ्य सामग्रीमध्ये ४७.५ टन जहाजबाट र अरु स्वास्थ्य सामग्री स्थलमार्गबाट ल्याउने योजना बनाएको थियो । यसअघि यही जेठ ६ गते १८.८४ टन स्वास्थ्य सामग्री जहाजबाट आइसकेको छ । सेनाले ६७ प्रकारका स्वास्थ्य सामग्री ल्याउने जनाएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस