Techie IT
×
२० जेठ, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश ७धनगढीले क्लष्टर अनुसार क्यारेन्टाईनको तयारी गर्दै

धनगढीले क्लष्टर अनुसार क्यारेन्टाईनको तयारी गर्दै


धनगढी – धनगढी उप–महानगरपालिकाले भारत लगायत तेश्रो मुलुकबाट आएका व्यक्तिहरुलाई क्लष्टर अनुसारको क्वारेन्टाईन बनाएर राख्ने भएको छ ।

बिहिबार बसेको नगरस्तरीय बिपद व्यवस्थापन समितिको बैठकले यसरी वडाहरुलाई क्लष्टरमा बिभाजन गरेर क्वारेन्टाईन बनाउने निर्णय गरेको हो । बैठकले वडा नं ८ का अध्यक्ष नारायण प्रशाद बरालको संयोजकत्वमा नगरको कोभिड १९ उप–समिति गठन गरेर काम थालेको छ । एउटै ठाउँमा धेरै व्यक्तिहरुलाई राख्दा व्यबस्थापन गर्न समस्या हुने र त्यसले जोखिम पनि बढाउने भएकाले २/३ वडा वडालाई मिलाएर एउटा क्लष्टर बनाएको हो ।

नगरको कोभिड १९ उप–समितिका संयोजक बरालका अनुसार वडा नं १, ३ र ४ को एउटा क्लष्टर, ६, ७ र ८ को एउटा क्लष्टर, १५ र १७ को एउटा क्लष्टर, ९, १० र १२ को एउटा क्लष्टर, १४ र १९ को एउटा क्लष्टर, ११ र १३ को एउटा क्लष्टर बनाउने भएको छ ।

त्यसैगरी वडा नं २, १६ , १८ र ५ को वडातहमा नै क्वारेन्टाईनको तयारी हुदै छ । रेखदेखका लागि क्वारेन्टेन स्थापना गरिने वडाको वडा अध्यक्ष संयोजक रहने व्यवस्था गरिएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस