Techie IT
×
१९ जेठ, २०७७, सोमबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश ७स्थानीय प्रशासन र उप–महानगरपालिकाद्धारा ८ सय ५५ नेपालीको उद्धार

स्थानीय प्रशासन र उप–महानगरपालिकाद्धारा ८ सय ५५ नेपालीको उद्धार


धनगढी – भारतका बिभिन्न ठाउँमा अलपत्र परेका ८ सय ५५ जना नेपाली नागरिकहरुलाई बुधवार राती कैलालीको त्रिनगरभन्सार नाकाबाट उद्धार गरिएको छ ।

अलपत्र परेका नेपालीहरु सिमामा प्रवेश खुकुलो पारेको सुनेपछि पैदल र बिभिन्न सवारी साधनबाट सिमामा पुगेका थिए । उनिहरुलाई धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको टोलीले उद्धार गरेर धनगढीको नवदुर्गा मावि, कवडहल र कैलाली बहुमुखी क्याम्पसमा राखिएको छ ।

नगरप्रमुख  वडले भने,
राती २ बजे उद्धार गर्ने काम भयो ,यहाँबाट उनिहरुको पहिचान गरेर सम्वन्धीत ठाउँमा पठाउने ब्यबस्था भईराखेको  छ । उद्धार गरिएकाहरुको ठेगाना खुलाउने , रेकर्ड राख्ने काम जिल्ला प्रशासन कार्यालय कैलालीले गरिरहेको नगरप्रमुख वडले बताए । कतिपयले राती २ बजे सम्म किन नगरप्रमुखले सिमामा गएर उद्धार गर्नु प¥यो भनिरहेका छन् नगरप्रमुख वडले भने, जसले उद्धार गर्नुपर्ने हो त्यो सरकारले वास्ता नगरेपछि मानवीयताका हिसावमा मात्रै सबै काम गर्नुपर्ने अवस्था आएको हो ।

जिल्ला प्रशासन कार्यालय प्रशासकिय अधिकृत शिवराज जोशीले उद्धार गरिएका ब्यक्तिहरु यस प्रदेशका मात्रै नभएर झापा सम्मका रहेको बताए । उनले भने, जिल्ला पहिचान गर्ने काम गरिरहेका छौं प्रशासकिय अधिकृत जोशीले भने, त्यसपछि स्थानीयतह पहिचान गरेपछि सम्वन्धीत स्थानीयतह संग समन्वय गरेर पठाईने छ ।

त्रिनगर भन्सार नाकाबाट नेपालीहरुलाई स्वदेश फर्किन खुकुलो गरेको छ भन्ने हल्ला भारतमा रहेका नेपालीहरु सम्म पुगेका रहेछ धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मी उपाध्यायले भने, त्यसैले देशभरीका ब्यक्तिहरु यहीबाटो भित्रिरहेका छन् । ‘भारतमा एक राज्यबाट अर्को राज्य जान खुकुलो बनाएपछि नेपालीहरु सीमामा आउने क्रम बढेकोे हुनसक्छ ,उपाध्यायले भने, भारतीय पक्षले क्वारेन्टाइनबाट नेपालीलाई घर जान अनुमति दिएकाले पनि हुलकाहुल नेपाली भित्रीन थालेका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस