Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमुख्य खबरसरकारद्धारा कालापानीसहित नेपालको नयाँ नक्सा सार्वजनिक

सरकारद्धारा कालापानीसहित नेपालको नयाँ नक्सा सार्वजनिक


काठमाडौँ- नेपाल सरकारले भारतद्धारा अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानीसहित नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरिएकाे छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री पद्मा अर्यालले नयाँ नक्साको सार्वजनिक गरेकी हुन् ।नेपालका अन्तर्राष्ट्रिय सीमा नाका र सबै स्थानीय तहलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिएको हो ।आज औपचारिक रुपमा सार्वजनिक गरिएको नेपालको नक्सा नै अब सबै प्रयोजनमा प्रयोग गरिने मन्त्री अर्यालले जनाएकी छन् ।

यसअघि मन्त्रिपरिषद्को बैठकले नेपालका ती भूभाग समेट्ने गरी नयाँ नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो।

 




तपाईको प्रतिक्रिया दिनुहोस