Techie IT
×
१२ मंसीर, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठशिक्षानेपाल प्रहरीका दुई जनामा कोरोना संक्रमण पुष्टि

नेपाल प्रहरीका दुई जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं – नेपाल प्रहरीका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले बताए ।र्‍यापिड टेस्टमा पोजेटिभ पाइएपछि गरिएको पिसिआर टेस्टले उनीहरूमा संक्रमण भएको पुष्टि गरेको हो ।

संक्रमित बस्ने व्यारेकमा दुई सय १४ जना प्रहरी बस्दै आएका छन् । दुई प्रहरीमा के कसरी संक्रमण हुन पुग्‍यो भन्ने बारेमा थाहा हुन नसकेको उनको भनाइ छ ।

मंगलबार मात्रै सुनसरीमा खटिएका एक जना सशस्त्र प्रहरी र धनकुटा जिल्ला अस्पतालमा खटिएका एक जना प्रहरीमा संक्रमण देखिएको थियो ।




तपाईको प्रतिक्रिया दिनुहोस