Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमनाेरञ्जनअब मानिसको जीवन जिउने तरिका बदलिनेछः प्रकाश सपुत

अब मानिसको जीवन जिउने तरिका बदलिनेछः प्रकाश सपुत


काठमाडौँ – गायक तथा नायक प्रकाश सपुत लक डाउनका कारण आफ्नो घर बाग्लुङमा छन् । बाग्लुङमा पुगेर उकाली ओरोली गर्दै गर्दा उनले जीवनको बारेमा नयाँ परिभाषा वुझेका छन् । कुनै, समय गाउँका यीनै उकाली ओरोलीमा हिड्दै गर्दा उनलाई असहज हुने गर्दथ्यो । तर, अहिले उनी यसमै रमाउन थालेका छन् । गायक सपुतले विगत २ बर्षयता जुन जिन्दगी बाँचेका छन्, त्यो कमै मात्र कलाकारले बाँच्न सक्छन् ।

एक बर्षमा ६ महिना त उनले हावामा उडेरै जीवन जिएका छन् । यूरोपका महंगा गाडी, एसियाका महंगा होटलमा उनले नयाँ शैलीको जीवनको महशुश गरेका छन् । तर, कोरोनाका कारण विगत २ महिनादेखि गाउँमै रमाउँदा उनले आफूले २ बर्षदेखि बाँचेको जीवनलाई भ्रमको रुपमा बुझेका छन् ।

गायक सपुतले अनलाइनखबरसँग भने–‘म कहिलेकाही संझिन्छु, यो समयमा कती धेरै यात्रा गरियो । विदेश गइयो, संसारलाई वुझियो । २ घन्टा कार्यक्रम गरेर पैसा बोकेर फर्किइयो । विदेश जाँदा महंगो होटल खोजियो । तर, अहिले फेरि उही सामान्य जिन्दगी जिउन परिरहेको छ । गाउँमा उकाली ओराली गर्दै गर्दा, ढिडो र गुन्द्रुकमा रमाउँदै गर्दा मलाई मैले जिएको २ बर्ष भ्रम लाग्न थालेको छ ।’

सपुत अगाडि भन्छन्–‘व्यवसायिक हिसाबले एउटा कलाकार सधै एउटै उचाइमा रहँदैन । एउटा उचाइमा पुगेपछि झर्ने दिन त आउँछ नै । मलाई कोरोनाका कारण लक डाउन जीवन बाँचिरहँदा सधै सोचेको जस्तै जिन्दगी बाँच्न सकिन्छ भन्ने लाग्न छाडेको छ ।’

गायक सपुतका अनुसार, उनी जतिबेला बाग्लुङमा रहेर जीवनमा प्रगती गर्ने सोच राखिरहेका थिए, त्यतीबेला उनलाई त्यहाँका उकाली ओरालीमा हिड्दै गर्दा ठेस लाग्थ्यो । ढिडो खाँदै गर्दा भातै भातमा रमाउने चाहना बढेको थियो । उनलाई सपनाले धकेलेको थियो । तर, अहिले फेरि उनी गाउँका भिर पाखासँग रमाउन थालेका छन् । मिठो मसिनो भन्दा गाउँकै परिकारसँग भिज्न थालेका छन् ।

उनी भन्छन्–‘मानिस आखिर जति नै उचाइमा पुगेपनि धर्तीमा त आउनै पर्छ । अहिले, म यही धर्तीमा रमाइरहेको छु । सायद, मैले २ बर्षमा जीवनको बारेमा वुझेको घण्डको कुनै अर्थ रहेनछ ।’प्रकाश गाउँमै रहँदा श्रृजनामा व्यस्त छन् । उनलाई कोरोनापछि संसारमा मानिसले जिवनको बारेमा सोच्ने तरिका बदलिन्छ भन्ने लाग्छ । उनले अनलाइनखबरसँग भने–‘हो, मानिसको अब जीवनको बारेमा सोच्ने तरिका बदलिन्छ जस्तो लाग्छ । केही मानिस आखिर जीवन के नै रहेछ र भनेर सोच्न थाल्नेछन् र विन्दास जीवन जिउन थाल्नेछन् । फेरि अर्कोथरी मानिसहरु भोली फेरि कोरोना जस्तै महामरी आएर लामो समय काम गर्न पाइएन भने के खाने समस्या हुन्छ भनेर सोच्न थाल्नेछन् । उनीहरुमा सामान्य जीवन बाँचेर पैसा बचत गर्ने बानीको विकास हुनेछ । संसार त अब बदलिन्छ नै ।’

गायक सपुतले चलचित्र ‘परदेशी २’को छायांकन पनि सुरु गरेका थिए । लक डाउनका कारण यो चलचित्रको छायांकन रोकिएको छ ।(अनलाइनखबरबाट साभार)




तपाईको प्रतिक्रिया दिनुहोस