Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमनाेरञ्जनमैथिली भाषामा केकी र नाजिरको ‘राज्जा रानी’

मैथिली भाषामा केकी र नाजिरको ‘राज्जा रानी’


काठमाडौं – अभिनेत्री केकी अधिकारी र नाजिर हुसेनको मुख्य भुमिका रहेको केही पहिले प्रदर्शनमा आएको फिल्म ‘राज्जा रानी’ मैथिली भाषामा पनि सार्वजनिक भएको छ । फिल्म मैथिली भाषामा डबिङ सहित युट्युवमा ल्याइएको हो ।

आर्यन फिल्मस्को ब्यानरमा निर्माण फिल्ममा नाजिर हुसेन, केकी अधिकारी, कामेश्वर चौरासिया, लक्ष्मी वर्देवा, संगिता नापित, अरुण रेग्मी, दीपक क्षेत्री लगायतको मुख्य भूमिका रहेको छ ।

पश्चिम तराईको अर्तजातिय प्रेमकथामा निर्माण भएको फिल्म रमेश एमके पौडेलले बनाएका हुन् । दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी फिल्ममा रहेको छ ।

यम थापाको निर्देशन रहेको फिल्मले सार्वजनिक प्रदर्शनबाट भने नाफा हासिल गर्न सकेको थिएन ।




तपाईको प्रतिक्रिया दिनुहोस