Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमनाेरञ्जनफेरि बन्यो चलचित्र ‘घर’

फेरि बन्यो चलचित्र ‘घर’


काठमाडौं – सफल निर्देशन दीपेन्द्र के खनालले केही अगाडि ‘घर’ नामबाट चलचित्र निर्माण गरेका थिए । हरर बिषय वस्तुमा निर्माण भएको दीपेन्द्रले उक्त फिल्मको निर्देशन कलाकार समेत रहेका अनुप बरालले गरेका थिए । सार्वजनिक प्रदर्शनबाट फिल्मले नाफा पनि कमाउन सफल भएको थियो ।

घर नामबाटै अहिले फेरि छोटो फिल्म निर्माण भएको छ । नेत्र इन्टरटेनमेन्टको प्रस्तुति तथा नेत्र गुरुङको लेखन, निर्देशनमा यो फिल्म तयार भएको हो । फिल्मको पोष्टर अहिले सार्वजनिक गरिएको छ । रोहन नेपाली, बिजयराज अधिकारी, सुशन श्रेष्ठ, भरत छन्त्याल, पूर्ण जिसी, हिमा जिसी, साधना शर्मार्का अभिनय रहेको यो फिल्ममा प्रकाश गुरुङ ‘काश’को छायाँकन र अजयराज अधिकारीको निर्माण रहेको छ ।

फिल्म प्लेटफर्ममा छिट्टै प्रदर्शनमा ल्याउने र त्यसपछि देश विदेशको महोत्सवमा पठाउने निर्माण युनिटले जनाएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस