Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रमुख खबरविदेशमा रहेका नेपालीलाई तत्कालै ल्याउन सम्भव छैन : प्रधानमन्त्री ओली

विदेशमा रहेका नेपालीलाई तत्कालै ल्याउन सम्भव छैन : प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका सबै नेपालीलाई तत्कालै ल्याउन सम्भव नहुने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफपछि प्रधानमन्त्री ओलीले पुरक प्रश्नको जवाफ दिने क्रममा विदेशमा रहेका ४०/४५ लाख नेपालीलाई तत्काल ल्याउन सम्भव नहुने बताएका हुन् ।उनले नेपाल श्रमशक्ति निर्यात गर्ने मुलुकजस्तो अवस्थामा रहँदै आएको र सोही कारण लाखौं युवा विदेशमा रहेको प्रष्ट्याए ।

कोरोना महामारीका कारण विश्वका विभिन्न मुलुकमा श्रम बजार बन्द हुनुअघि विदेशमा रहेका युवा जनशक्ति फर्कने अवस्था नरहेको र संक्रमण फैलिसकेको अवस्थामा लकडाउन, विमानसेवा बन्द लगायतका समस्याका कारण उनीहरु आउन सम्भव नभएको प्रधानमन्त्री ओलीले बताए । नेपालबाट अमेरिकाले डेढ सय नागरिक लगेजस्तो, अस्ट्रेलियाले अढाइ सय नागरिक लगेजस्तो, कतारले डेढ सय नागरिक लगेजस्तो नेपाललाई विदेशबाट आफ्ना नागरिकलाई ल्याउन सहज नहुने उनको भनाइ थियो ।

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी भइरहेको र प्राथमिकताका आधारमा ल्याउन थाल्ने प्रधानमन्त्री ओलीले प्रष्ट पारे । देशभित्रका नागरिकको सुरक्षाको अवस्थालाई पनि सम्बोधन गरेर आवश्यक तयारीका साथ सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने उनले बताए ।




तपाईको प्रतिक्रिया दिनुहोस