Techie IT
×
१९ जेठ, २०७७, सोमबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश ७धनगढीमा नून बोकेको मिनिट्रकबाट मदिरा बरामद

धनगढीमा नून बोकेको मिनिट्रकबाट मदिरा बरामद


रञ्जित लामा
धनगढी – धनगढीमा नून लगायत खाद्यन्न बोकेको मिनिट्रकबाट प्रहरीले आज मदिरा बरामद गरेको छ ।

कैलालीको धनगढीबाट अतरियातर्फ गईरहेको से.१ ख.२०१० नम्बरको मिनि ट्रकबाट अस्थाई प्रहरी पोष्ट चटकपुरका प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्दको टोलीले मदिरा बरामद गरेको हो ।करिब १ लाख १५ हजार नौ सय पच्चीस रुपैयाँ बराबरको १ सय २६ पेटी रोज नामक मदिरा बरामद गरी आन्तरिक राजश्व कार्यालय कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलाली जिल्ला गोदावरी नगरपालिका–४ का ट्रक चालक नरेन्द्रसिंह महरा र धनगढी उपमहानगरपालिका–१३ का मदिरा धनी दिनेश पन्तलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । उनीहरु दुबैलाई १० दिनको म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रवक्ता बस्नेतले बताए ।




तपाईको प्रतिक्रिया दिनुहोस