Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमनाेरञ्जनराज के र मेलिनाको स्वरमा ‘मैले माया गरेँ’

राज के र मेलिनाको स्वरमा ‘मैले माया गरेँ’


अष्ट्रेलियामा रहेर नेपाली गीत-संगीत कर्ममा सकृय गायक राज के गोस्वामीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

सार्वजनिक ‘मैले माया गरेँ’ बोलको गीतमा मेलिना राईले पनि स्वर दिएकी छिन् ।

उत्तम जंग लिम्बुको संगीत रहेको गीतलाई माया मगरले लेखेकी हुन् । गीतको एरेन्जर साहाश शाक्य हुन् ।

‘कोशिस २’ एल्बममा समावेश यस गीतको अफिसियल भिडियो भने सार्वजनिक भएको छैन । अहिले निर्माणपक्षले लिरिकल भिडियो मात्र सार्वजनिक गरेको हो ।

फोटो वर्क, सिड्नीले तयार गरेको भिडियोलाई नेपाल टच नामक युट्युबबाट सार्वजनिक गरिएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस