Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश ७भीमदत्तमा एक सामुदायिक वन एक पोखरी अभियान सुरु

भीमदत्तमा एक सामुदायिक वन एक पोखरी अभियान सुरु


महेन्द्रनगर –  एक सामुदायिक वन एक पोखरी अभियान अन्तर्गत भीमदत्त नगरपालिका ७ हल्दुखालको सिद्ध सामुदायिक वनमा पोखरी निर्माण कार्य सुरु गरिएको छ ।

 भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बिहिबार पोखरी शिलान्यास गरेका हुन्। नगर प्रमुख बिष्टले वन्यजन्तुहरुलाई पानीको समस्या हुन नदिन नगर क्षेत्रका सबै सामुदायिक वनमा पोखरी निर्माण अभियान सुरु गरिएको बताए । वन क्षेत्रमा पानीको सतह सुकेको छ, वन्यजन्तुहरु मारमा छ्न, त्यसका लागि पोखरी निर्माण अभियान सुरु गरिएको छ उनले भने, यो अभियान अन्तर्गत सबै वनमा पोखरी निर्माण हुन्छ ।सिद्ध सामुदायिक वनमा अभियान अन्तर्गत पोखरि निर्माण सुरु गरिएको उनले बताए ।

सामुदायिक वनका अध्यक्ष रङ्गी बोहराले पोखरी निर्माणले वन्यजन्तुहरुलाई पानीको सुबिधा हुने बताए । उनले भने, वनको उत्तरी क्षेत्र तालडाडामा एउटा पोखरी छ, अब यो पनि बन्छ, यसवाट जनावरलाई पानी खान सजिलो हुन्छ ।पोखरी निर्माणका लागि ९ लाख खर्च हुनेछ । सिद्ध सामुदायिक वनमा ५ सय बढी घरधुरी छ्न । यस अघि मटेनाको बैजनाथ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

भीमदत्त नगरपालिकाको पाचौ नगर सभाबाट चालू आर्थिक वर्षका लागि एक सामुदायिक वन एक पोखरी निर्माण कार्यक्रम पारित गरिएको थियो ।भीमदत्त नगरपालिकाको उतरी क्षेत्रमा ८ सामुदायिक वन छ्न।




तपाईको प्रतिक्रिया दिनुहोस