Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश ७पश्चिम सेती निर्माणको माग गर्दै डोटीमा दिउँसै बालियो ७ सय ५० टुकी

पश्चिम सेती निर्माणको माग गर्दै डोटीमा दिउँसै बालियो ७ सय ५० टुकी


धनगढी – वषौँदेखि अलपत्र पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै डोटीमा ७ सय ५० टुकी बालिएको छ।

पश्चिम सेती निर्माणका लागि विभिन्न दबाब मुलक कार्यक्रम गर्दै आएको बोलन्या थली धनगढीले आज डोटीमा  नेपाल उद्योग बाणिज्य संघ डोटी र होटल व्यवसायी संघको समन्वयमा  ७ सय ५० टुक्कि बालेर सरकारको खोजी गरेको बोलन्या थलीका संयोजक यादब जोशीले बताए ।

आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ ?आजको रोगलाई त जितौला भोलिको भोकलाई के गरौला  ? रिभर्स “माईग्रेशनको व्यवस्थापन गरौँ , पश्चिम सेती लागु गरौँ भन्दै दिउसै ७ सय ५० टुक्की बालेर सरकारको खोजी गरेको हो ।

यसअघि बोलन्या थलीले काठमाडौँको माइतीघर मण्डलामा पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा ढिलाइ भएपछि नागरिक स्तरबाट ‘आश्वासन अति भो, धैर्य गर्ने कति हो , हिजो आशा मर्यो, आज जवानी मर्दैछ, भोली सपना मर्नेछ भन्ने नारा सहित कचौरा जुलुस लगायतका दबाबमुलक कार्यक्रम गरेको थियो।

पश्चिम सेती निमार्णका लागी दबाब दिन आफू निरन्तर अघि बढ्ने बोल्या थलीका संयोजक जोशीले बताए ।यस लगत्तै ७५० डोकासहित डोटीमा प्रदर्शन र ७५० नागरिक ७५० मिनेट अनशन बस्ने समेत जोशीले बताए ।




तपाईको प्रतिक्रिया दिनुहोस