Techie IT
×
२० जेठ, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश ७गुणस्तरहिन चामल आपूर्ती गर्ने ठाकुर ट्रेडलिङ्कलाई २ लाख जरिवाना

गुणस्तरहिन चामल आपूर्ती गर्ने ठाकुर ट्रेडलिङ्कलाई २ लाख जरिवाना


धनगढी – धनगढी उप–महानगरपालिकाले वडा नं ४ मा  वितरण गरिएको राहत चामलको गुणस्तर चेकजाँच र छानविन गरि दोषी  चामल आपूर्तीकर्ता फर्म ठाकुर ट्रेड लिङ्कलाई २ लाख जरिवाना गरिएको छ ।

वडाका केहि स्थानीयहरुले राहत अन्तरगत वितरण गरिएको चामलमा किरा भेटिएको भन्दै गुनासो गरेपछि धनगढी उप–महानगरपालिकाले छानबिनका लागि सम्वन्धीत निकाय संग अनुरोध गरेको थियो । बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी कैलालीका निरिक्षक कमलबहादुर पुन मगरले छानविन पछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ( ङ) बमोजिम कशुर रहेको देखिएकाले चामलको आपूर्तीकर्ता फर्म ठाकुर ट्रेडलिङ्कलाई २ लाख जरिवाना गरिएको बताए । तोकिएको जरिवाना ७ दिन सम्म दाखिला नगरेमा कारोवार बन्द गरि कार्वाही अगाडी बढाउने ब्यबस्था रहेको पनि पुनले बताए ।

खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयले चामलको चेकजाँच गर्ने धनगढी उप–महानगरपालिका बजार अनुगमन अधिकृत योगेन्द्र चन्दले बताए । उनले भने, त्यसमा पनि केहि कैफियत देखिएमा थप कार्वाही अगाडी बढाईन्छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका निरिक्षक दिपक कुँवरले गलत गर्ने जो कोहिलाई पनि कार्वाही गर्ने जिम्मेवारी आफुहरुको भएको बताए ।

धनगढी उप–महानगरपालिकामा राहतको खाद्यान्न खरिद गर्ने ठेक्का ठाकुर ट्रेडलिङ्कले पाएको थियो । वडामा संकलन गरिएको राहत पाउनेको विवरणका आधारमा आपूर्ती कर्ता फर्मले वडामा नै खाद्यान्न खसालेको थियो ।




तपाईको प्रतिक्रिया दिनुहोस