Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश ७राहत चामल विवादमा छानविन गरि कार्वाही गर्ने उप–महानगरको प्रतिवद्धता(विज्ञप्तीसहित)

राहत चामल विवादमा छानविन गरि कार्वाही गर्ने उप–महानगरको प्रतिवद्धता(विज्ञप्तीसहित)


धनगढी – धनगढी उप–महानगरपालिकाले वडा नं ४ मा वितरण गरिएको राहत चामलको गुणस्तर चेकजाँच र छानविन गरि दोषीलाई कार्वाही गरिने प्रतिवद्धता व्यक्त गरेको छ ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै छानविनको प्रकृया अगाडी बढी सकेको बताईएको छ । विज्ञप्तीमा भनिएको छ ,अहिले विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको छ । नेपाल सरकारले महामारी फैलिन नदिन चैत ११ गते देखि लकडाउन जारी गरेको छ ।  लकडाउनका कारण मजदुर बर्गलाई छाकटार्न समस्या भैरहेको अवस्थामा धनगढी उप–महानगरपालिकाले वडा तहमा गठन गरिएको सर्वदलिय सर्वपक्षिय समितिले विवरण संकलन गरेर पठाएका त्यस्ता ब्यक्ति र परिवारलाई सरकारी मापदण्डमा रहेर पहिलो र दोश्रो चरणको राहत वितरणको काम भईरहेको छ ।

राहत वितरणका क्रममा यस उप–महानगरपालिका वडा नं ४ मा २०७७ बैशाख २८ गते दोश्रो चरणमा वितरण गरिएको राहत मध्य केहि व्यक्तिले बुझेको राहतमा गुणस्तर नभएको चामल भेटिएको भन्ने कुराले हाम्रो गम्भीर ध्यान आकर्षण गराएको छ विज्ञप्तीमा भनिएको छ , उप–महानगरपालिकाबाट दोश्रो चरणको राहत चामल खरिद गर्ने ठेक्का धनगढीमै रहेको ठाकुर ट्रेड लिङ्कले पाएको आम नगरवासीमा जानकारी गराउन चाहन्छौं ।

ठेक्का पाएको फर्मले वडाबाट पठाएको राहत पाउनेको विवरणका आधारमा वडामा नै चामल लगायतको राहत सामाग्री खसालेको अवगत गराउन चाहन्छौं विज्ञप्तीमा भनिएको छ, कुहिएको चामल भेटिएको सूचना पाउने वित्तिकै त्यस वडामा राहत वितरणको कार्य स्थगित गरेर टोली गठन गरेर छानविनको प्रकृया अगाडी बढाईएको छ । छानविन र जाँचबुझका क्रममा देखिने दोषीलाई कार्वाही गरिने प्रतिवद्धता ब्यक्त गर्दछौं ।

उप–महानगरपालिकाका सबै वडाहरुमा भैरहेको राहत वितरण कार्य रोक्न १९ वटै वडा समितिलाई आग्रह गर्दछौं विज्ञप्तीमा भनिएको छ, छिटोभन्दा छिटो छानविन गरेर रोकिएको राहत वितरण कार्य सुचारु गरिने आम नगरवासीमा जानकारी गराउँछौं ।




तपाईको प्रतिक्रिया दिनुहोस