Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रमुख खबरलिपुलेक विवादमा भारतसहित चीन पनि संलग्न छ :अध्यक्ष दाहाल

लिपुलेक विवादमा भारतसहित चीन पनि संलग्न छ :अध्यक्ष दाहाल


काठमाडौं – लिपुलेक क्षेत्रको विवादमा छिमेकी मुलुकहरू भारत र चीनको संलग्नता रहेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

भारतको नयाँ नक्सा सार्वजनिक भएपछि नै यो विवाद चरम भइसकेको अवस्थामा सडक निर्माणको उद्घाटनपछि झनै उग्र भएको छ । सर्वसाधारण सडकमा भारतविरुद्ध आन्दोलनमा उत्रिएका बेला प्रचण्डले भनेका छन्,‘सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो, कालीनदीको सम्पूर्ण पूर्व नेपाल हो पश्चिम भारत हो भन्ने कुरा स्पष्ट पार्दै यो समस्या समाधानको निम्ति राजनीतिक कुटनीतिक हल गर्नुपर्छ ।’

 प्रचण्डले भने ‘लिपुलेक प्रकरणपछि यो त्रिदेशीय जस्तो बन्न गएको छ । यो दुईवटा देशले मात्रै हल गरेर पनि अब अप्ठेरो छ ।  भारत चीनको सम्झौता सहमति भएको हुनाले त्यहाँ चीन पनि संलग्न भएको छ, ।’

०७२ सालमा चिनियाँ राष्ट्रपति सी जिन फिनको भारत भ्रमणका क्रममा लिम्पियाधुरा, लिपुलेक जोड्ने सहमति भएको थियो । व्यापारका निम्ति सडक मार्ग जोड्ने उक्त सहमतिको त्यसबेला पनि नेपालका विभिन्न राजनीतिक दलले विरोध गरे पनि सरकारले खुलेर त्यसमा आपत्ति राखेको थिएन ।




तपाईको प्रतिक्रिया दिनुहोस