Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमनाेरञ्जनफागुन २३ देखि २५ गतेसम्म ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल’ हुने

फागुन २३ देखि २५ गतेसम्म ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल’ हुने


पोखरा – पोखरा नगर रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (सिटी रेवान) को आयोजनामा आठौं संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल’ हुने भएको छ ।

फागुन २३ देखि २५ गतेसम्म फेस्टिवल हुने सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।यस पटकको महोत्सव सडकमा आयोजना गरिने उनले बताए । पोखराको सिर्जनाचोकदेखि आलुमाइला चोकसम्मको सडकमा महोत्सव हुनेछ । महोत्सवमा मौलिक खानाका परिकारका स्टलहरु, हस्तकलाका स्टलहरुलाई विशेष प्राथमिकतामा राखिनेछ ।

स्थानीय संघसंस्थाहरुसँग सहकार्य गरी हुने फेस्टिबलको तयारीलाई तिब्र बनाइएको तिमिल्सिनाले जानकारी दिए । जाल्पादेवी बहुउद्देश्यीय विकास समिति, सिर्जना विकास केन्द्र, जाल्पादेवी सिर्जनशील आमा समूह, जाल्पादेवी तायमचा समूह, पिसजोन एकेडेमीलगायत टोलबासीको भेलाबाट समर्थन लिइ मेला सडकमा गर्न लागिएको तिमिल्सिनाले जानकारी दिए ।

बिगतमा मेला भन्दा पृथक तरिकाले सडकमा मेला आयोजना गर्न लागिएको तिमिल्सिनाले जानकारी दिए । सडकमै विविध सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन हुनेछ । मेलाको मुख्य प्रायोजन गोर्खा व्रुअरीले गरेको छ ।मेलाका मुख्य आकर्षणमा खानाका परिकारहरु रहनेछन् । लोप हुन लागेका खानाका परिकारलाई समेत स्टलहरुमा राखिनेछ । कृषि प्रदर्शनीसमेत गरिने उनले बताए । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति दैनिक रुपमा हुनेछ ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका अवस्थामा गर्न लागिएको महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा विशेष योगदान गर्ने विश्वास लिइएको तिमल्सिनाले बताए ।




तपाईको प्रतिक्रिया दिनुहोस