Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठविजनेसफागुन १९ गतेबाट काठमाडौंबाट जापानको नारिता उडान ३७ हजारमै

फागुन १९ गतेबाट काठमाडौंबाट जापानको नारिता उडान ३७ हजारमै


काठमाडौं – नेपाल वायुसेवा निगमले फागुन १९ गतेबाट काठमाडौंबाट जापानको नारितामा ३७ हजारमै सीधा उडान गर्ने भएको छ। यो गन्तव्यमा निगमले साताको तीन दिन सिधा गर्ने भएको छ।

निगमले एयरबसको ए ३३० नामको २७४ सिट क्षमताको वाइडबडी जहाजबाट जापान उडान गर्ने भएको छ। निगमले सोमबार, बुधबार र शुक्रबार उडान गर्ने भएको छ। काठमाडौंबाट बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको लागि उडेको जहाज सोही दिन अपरान्ह ६ बजेर २५ मिनेटमा काठमाडौंमा फर्कने जानकारी गरी निगमले उडान तालिका तय गरेको छ।

निगमले प्रवद्र्धनात्मक भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार रुपैयाँ निर्धारण गरिएको उल्लेख छ। निगमको यो उडानमा बिजनेस क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २५ किलोका दुईवटासम्म ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३ केजीका दुई वटा ब्यागेजको सुविधा पाउनेछन्।

नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झन्झटसमेत समाप्त हुने निगमको भनाइ छ।




तपाईको प्रतिक्रिया दिनुहोस