Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठखेलकुददोस्रो अन्तर्राष्ट्रिय आत्मरक्षा तालिम सम्पन्न

दोस्रो अन्तर्राष्ट्रिय आत्मरक्षा तालिम सम्पन्न


काठमाडौं –  दोस्रो अन्तर्राष्ट्रिय आत्मरक्षा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।सोमबार सम्पन्न भएको कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आत्मरक्षाका लागि सम्पुर्ण नेपाली नागरिक सक्षम हुनुपर्ने औल्याए।

नेपाल सेल्फ डिफेन्स संघको आयोजनामा संचालन भएको दोश्रो अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सम्मेलनको समापन पत्रमा प्रमुख अतिथीको आसनबाट बोल्दै उनले यस्तो बताए ।सदस्य सचिव सिलवालले सेल्फ डिफेन्सले शुरु गरेको आत्मरक्षा तालिमको अभियानलाई परिषद्ले सक्दो सहयोग गर्ने समेत बताए । सेल्फ डिफेन्सको कला प्रद्र्धशनीमा सहभागी हुँदै सिलवालले यस्ता प्रशिक्षणले आफैलाई मजबुत बनाउनेमा बिश्वास दिलाएको जिकिर गरे ।

दशरथ रंगशालाको कवर्ड हलमा भएको समापन सत्रमा सम्मेलनका लागि नेपाल आएका अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स एशोसियसन, पोल्याण्डका संस्थापक ग्राण्ड मास्टरले नेपालले  निमन्त्रणा गरेर प्रशिक्षक प्रशिक्षण तालिम संचालन गर्न पाउँदा आफु निक्कै हर्षित र कृतज्ञ रहेको बताए । समापन सत्रका क्रममा ग्राण्ड मास्टरले नेपाल सेल्फ डिफेन्स संघलाई अन्तर्राष्ट्रिय आबद्धता समेत प्रदान गरेको संघका महासचिव नुतन श्रेष्ठले जानकारी दिए।

कार्यक्रममा नेपालका अध्यक्ष डि.बि. रानापाललाई मानार्थ सेल्फ डिफेन्स तेश्रो डान, शाखा प्रमुख एवं संघका उपाध्यक्ष सञ्जु महर्जनलाई सेल्फ डिफेन्स पाँचौ डानका साथमा आधा दर्जन बढी पदकद्धारा सम्मान गरे । त्यस्तै संघका सहायक प्रशिक्षक राधिका ऐर हमाललाई सेल्फ डिफेन्स चौथो डान तथा अन्य पदद्धारा सम्मान गरिएको महासचिव श्रेष्ठले जानकारी दिए ।

बिभिन्न ४० भन्दा बढी जिल्लाका सेल्फ डिफेन्स प्रशिक्षकको सहभागिता रहेको सो कार्यक्रममा ग्राण्ड मास्टरले बिभिन्न तहको प्रमाण पत्र प्रदानगरे । कार्यक्रममा पत्रकार हरिशजङ्ग क्षेत्रीलाई खेलकुद क्षेत्र र पत्रकारीता माध्यमबाट समाजलाई योगदान गरेको भन्दै सम्मानित गरिएको कार्यक्रममा नेपाल सेल्फ डिफेन्स संघलाई सहयोग गर्ने दर्जन बढी बिभिन्न ब्यक्तित्वहरुलाई समेत दोसल्ला ओढाएर राखेपका सदस्य सचिवले सम्मानपत्रद्धारा सम्मान गरेका थियो।

माघ ०८ गतेबाट शुरु भएको अन्र्तराष्ट्रिय सम्मेलनका क्रममा काठ्माण्डौ, पोखरा तथा तनहुँका बिभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भई सकेका छन् । कार्यक्रमको औचारिक समापन हिजो भएपनि जनकपुरमा मंगलबार र बुधबार तालिम संचालन गरिने संघले जनाएको छ । यसअघि सन् २०१७ मा सोलुखुम्बुमा प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।




तपाईको प्रतिक्रिया दिनुहोस