Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठखेलकुदहिंसालाई निरुत्साहित पार्न किशोरीहरुलाई आत्मरक्षा तालिम

हिंसालाई निरुत्साहित पार्न किशोरीहरुलाई आत्मरक्षा तालिम


काठमाडौं – महिला हिंसालाई निरुत्साहित पार्न किशोरीहरुलाई आत्मरक्षा तालिम दिइएको छ ।

वर्तमान नेपाली समाजमा महिला हिंसाले तीब्रता पाइरहेका बेला नेपाल सेल्फ डिफेन्स एसोसिएसनले भने हिंसालाई रोक्न किशोरीहरुलाई आत्मरक्षा सम्बन्धि विभिन्न किसिमका तालिमहरु संचालक गर्दै छ ।यसैबीच नेपाल सेल्फ डिफेन्स एसोसिएसनले सेन्ट लोरेन्सका किशोरीहरुलाई ३ दिने आत्मरक्षा तालिम प्रदान गरेको हो ।

कंचनपुरकी किशोरी निर्मला पन्तको बलात्कार पछि क्रूर रूपमा हत्या भए पछाडी सरोकारवाला निकायहरुले समाजमा हुने हिंसालाई निरुत्साहित गर्न विभिन्न किसिमका कार्यक्रम अगाडी बढाए पनि निर्मला रूपी अबोध किशोरीहरु भने निरन्तर हिंसामा पर्दै आएको समाचारहरु दिन प्रतिदिन बढिरहेको भन्दै सेन्ट लोरेन्स र नेपाल सेल्फ डिफेन्स एसोसिएसनले हिंसा निरुत्साहित गर्न सयुक्त रूपमा आत्मरक्षा तालीमको आयोजना गरेका हुन् ।

उता सरकारले निर्मला पन्तका बलात्कारी, हत्याराहरुको पत्तो लगाउन नसकेकोमा सरकारको आलोचना हुनुका साथै गाउँघरका किशोरीहरुमा हिंसाको भय कायम रहेको छ ।सेन्ट लोरेन्समा भएको ३ दिने आत्मरक्षा तालिममा स्नातक तहमा अध्ययन गरिरहेका ४० जना भन्दा बढी छात्राहरुको सहभागीता थियो ।

पछिल्लो समय नेपालमा महिला हिंसाका घटनाहरु क्रमिक रूपमा बढिरहेकोमा यस्ता खाले घटना र हिंसाबाट कसरी बच्ने, आफुलाई सुरक्षीत गर्न कसरी डिफेन्स गर्ने भन्ने कला यो तालिममा सिकाइएको नेपाल सेल्फ डिफेन्सकी प्रमुख प्रशिक्षक सन्जु महर्जनले समापन कार्यक्रममा बताइन ।११ मा अध्यनरत चादनी राईले आत्मरक्षा तालिमको पहिलो दिन, दोस्रो दिन र तेस्रो हामीले आत्मरक्षाका महत्त्वपूर्ण कुरा सिकेको बताइन, । साथै यो तालिम सिक्नु पुर्व हामीलाई आत्मरक्षा सम्बन्धि केहि पनि थाहा नभएको बेला ३ दिने आत्मरक्षाको तालीमले धेरै आत्मबल बढाएको बताइन ।

समापन समारोहमा वेट लिप्टिङ्गका २ पटकका विश्व च्याम्पियन रुप कार्की, नेपाल सेल्फ डिफेन्स एसोसिएसनका अध्यक्ष डिबी राना पालको उपस्थिति रहेको थियो । आत्मरक्षा तालिम रन्जु महर्जन, राधिका हमाल हरिशजंग क्षेत्री, बिशालराज भण्डारी र संगीता श्रेष्ठले दिएका थिए ।




तपाईको प्रतिक्रिया दिनुहोस