Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठखेलकुदसागमा स्वर्ण जित्ने खेलाडीलाई नगद ९ लाख पुरस्कारको घोषणा

सागमा स्वर्ण जित्ने खेलाडीलाई नगद ९ लाख पुरस्कारको घोषणा


काठमाडौँ – दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई सरकारले नगद ९ लाख रकम पुरस्कार दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई बोलाएर पुरस्कारको घोषणा गरेका हुन् ।प्रधानमन्त्रीले रजत जित्ने खेलाडीलाई नगद ६ लाख तथा काश्य जित्नेलाई तीन लाख पुरस्कारको घोषणा गरेका छन् ।

यस्तै प्रधानमन्त्रीले एक भन्दा धेरै स्वर्ण जित्ने खेलाडीलाई ११ लाख पुरस्कारको घोषणा गरे। एकभन्दा बढी स्वर्ण जितेका गौरिका सिंह, मन्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङले ११ लाख पुरस्कार पाउने छन्।फुटबल लगायत टिम गेममा स्वर्ण पदक जित्ने खेलाडीलाई भने जनही ५ लाख रुपैयाँ दिइनेछ। यस्तै स्वर्ण पदक जित्ने प्रशिक्षकलाई पनि पाँच लाख रुपैयाँ प्रदान गरिनेछ।

नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक कुल २०६ पदक जितेका थियो।




तपाईको प्रतिक्रिया दिनुहोस