Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठखेलकुद१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण


काठमाडौं – नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको नेपाल र भुटानबीचको खेलमा भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो ।नेपाललाई स्वर्ण दिलाउन अभिषेक रिजाल र सुनिल बलले एक एक गोल गरे ।

खेलको १६ औं मिनेटमा अभिषेकले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । भुटानका कप्तान चेन्चो ग्याल्सेनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर, खेलको ५२ औं मिनेटमा सुनिलले गोल गर्दै नेपाललाई स्वर्ण पदक दिलाए ।

साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो  भने भुटानले पहिलो पटक साग फुटबलमा रजत पदक जितेको छ ।यो सँगै नेपालको स्वर्ण संख्या ५१ पुगेको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस