Techie IT
×
१३ असोज, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमनाेरञ्जनसुरेन्द्र महर्जन अमरको २२औं कृति ‘सरिता-२’ सार्वजनिक

सुरेन्द्र महर्जन अमरको २२औं कृति ‘सरिता-२’ सार्वजनिक


काठमाडौं – गीत, संगीत, चित्र लेखनबाट निरन्तर तीन दशकभन्दा बढी समयदेखि नेपाली साहित्य, चित्रकारी, गायन र संगीतमा समर्पित हुँदै आएको कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरको २२औं कृति’ सरिता-२’ सार्वजनिक भएको छ ।

पाँच, सात र पाँच हरफबाट सृजना भएको सत्र अक्षरमा तयार हुने जापानी शैलीबाट सृजना हुने हाइकु जसमा भूत, भविष्य वर्तमानदेखि लिएर वातावरणसम्म अटाउने ब्याख्या गरेमा धेरैभन्दा धेरै कुरा एउटै सृजनामा भेट्न सकिने साहित्य विधामा हाइकु नामबाट प्रख्यात सुरेन्द्र महर्जनको बाइसौं कृति ‘सरिता-२’ हाइकु सङ्ग्रह ओएस नेपालको आयोजनामा ओएस नेपाल म्युजिक अवार्ड-२०७६  एक समारोहबीच सार्वजनिक गरिएको  हो।

ओएस नेपालले हरेक वर्ष प्रदान गर्दै आइरहेको अवार्ड वितरण कार्यक्रममा यस वर्ष दीर्घ सम्मानबाट पाँच दशकदेखि निरन्तर गीत, संगीत क्षेत्रमा लाग्नु हुने वरिष्ठ गायिका तिर्थदेवीलाई उक्त सम्मानबाट सम्मानित गरिएको छ। नोमिनेसनमा पर्नु हुने सबै पुरस्कृत भएको जानकारी गर्नुको साथै अन्ठाउन्न विधामा नोमिनेशनमा पर्नु हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियोे ।

विवेक कार्कीको सभापतित्वमा प्रमुख अथिती यज्ञलाल श्रेष्ठ अथितिहरू श्वेता खड्का, कृष्ण मल्ल, तिलक सुनुवार, प्रमोद खरेक, यम बराल, धिरज राई आदिको उपस्थिति थियोे । सुगारिका के. सी र नरेश भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।




तपाईको प्रतिक्रिया दिनुहोस