Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार“डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु” मा पाँच सय बर्षको इतिहास समेटिने

“डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु” मा पाँच सय बर्षको इतिहास समेटिने


काठमाण्डौ – सिख धर्मका संस्थापक गुरु नानक पातशाहले पाँच सय बर्ष अघि गरेको नेपाल यात्राका विषयमा पुस्तक प्रकाशन हुने भएको छ ।

अमेरिकी लेखक मनजित सिंहले प्रकाशनमा ल्याउने पुस्तक “डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु” सिख धर्मका संस्थापक गुरु नानक पातशाहको नेपाल यात्रामा केन्द्रित हुनेछ ।लेखक सिंह अमेरिकाको क्यालिफोर्नियामा रहेको गुरु नानक देव सेवा सोसाइटी इन्टरनेसनलमा कार्यरत छन ।

करिब पाँच सय बर्ष अघि इस्वी संवत १५१५ देखि १५१६ सम्म सिख गुरु नानक पातशाहले गरेको नेपाल यात्राका बारेमा पुस्तकमा स-बिस्तार बर्णन गरिने लेखक मनजित सिंहले बताए । गुरु नानक पातशाहको नेपाल भ्रमणका विषयमा लेखिने “डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु” पहिलो ऐतिहासिक पुस्तक हुने लेखकले दाबी गरेका छन ।

लेखक सिंहका अनुसार तत्कालिन समयमा नेपालमा मल्ल वंशको शासन रहेका बेला गुरु नानक पातशाह तेश्रो यात्राका क्रममा पहिलो पल्ट नेपाल आएका थिए । उनले करिब ११ महिना काठमाण्डौ लगायतका स्थानमा भ्रमण गरेका थिए । मल्ल शासन काल यता करिब पाँच सय बर्ष देखि सिख धर्मावलम्बि र गुरु नानक मठ काठमाण्डौसंग स्थापित रहेको नेपाली जनताको सम्बन्धका बिषयमा पनि पुस्तकमा बर्णन गरिने लेखकले बताएका छन ।

लेखकले पुस्तक “डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु ” को अन्तराष्ट्रिय प्रतिलिपी अधिकार संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेका छन ।




तपाईको प्रतिक्रिया दिनुहोस