Techie IT
×
२७ असार, २०७७, शनिबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठकृषिस्थानीय बिउ प्रणाली सुधार कार्यक्रम सुरु

स्थानीय बिउ प्रणाली सुधार कार्यक्रम सुरु


कैलाली – कैलालीको कैलारी गाउँपालिकामा स्थानीय बिउ प्रणाली सुधार कार्यक्रम सुरु भएको छ ।

जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिवर्ड) ले परियोजना सुरु गरेको हो ।स्थानीय विउ प्रणाली सुधार कार्यक्रम आइतवारदेखि प्रारम्भ भएको हो । साढे तीन बर्ष अवधिको कार्यक्रमको बजेट झण्डै एक करोड २० लाख रहेको छ । कैलारीसँगै कैलालीका अन्य दुई स्थानीय तह सहित सुदुरपश्चिम प्रदेशका चार जिल्लामा कार्यक्रम सञ्चालन हुनेछ ।

कैलारी गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय सहकारी, पत्रकार तथा किसान र स्थानीयहरु बिच प्रारम्भिक गोष्ठीको आयोजना गरी कार्यक्रम लागु गरिएको हो । कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको प्रारम्भिक गोष्ठीको संचालन कार्यक्रममा बरिष्ठ कृषि प्राविधिक टंक थापाले गरेका थिए ।

आयोजनाकी अधिकृत अनुपमा शर्माले स्वागत गरेको कार्यक्रममा कार्यक्रमका टिम लिडर डाक्टर सन्तोष श्रेष्ठले कार्यक्रमको वारेमा विस्तृत जानकारी दिएका थिए । प्रारम्भिक गोष्ठीमा सहभागीहरुले स्थानीय बिउ प्रणाली सुधार कार्यक्रमले परम्परापत बिउको संरक्षण गर्ने धारणा व्यक्त गरेको कार्यक्रमकी कैलारी गाउँपालिकी प्राविधिक सहायक ललिता आलेमगरले जानकारी दिईन् ।




तपाईको प्रतिक्रिया दिनुहोस