Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियभारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन


काठमाडौं – भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ ।६७ वर्षीय स्वराजको मंगलबार राती दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा  निधन भएको हो ।

उनको निधन भएलगत्तै एम्स अस्पतालमा भारतीय नेता र कार्यकर्ताहरुको भीड बढेको छ । अस्पतालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, स्वास्थ्यमन्त्री हर्षबर्धन लगायतका नेताहरु पुगेका छन् ।  मोदीले एक असाधारण नेताको निधनले देश शाेकमा रहेको बताएका छन् ।

भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाका अनुसार स्वराजको पार्थिव शरीर बुधबार १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रदाञ्जलीका लागि पाटी कार्यालयमा राखिनेछ । त्यसपछि लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गरिनेछ

उनी सातपटक सांसद भएकी थिइन् ।२५ वर्षको उमेरमा राजनीतिमा आएकी उनी तीनपटक विधानसभा चुनाव लडिन् र जितिन् । उनलाई एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी र कुशल प्रशासक मानिन्छ ।उनी सन् २०१४ देखि सन् २०१९ सम्म विदेशमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् ।




तपाईको प्रतिक्रिया दिनुहोस