Techie IT
×
२३ जेठ, २०७७, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश ७कैलाली र कञ्चनपुरमा हावाहुरीको वितन्डा , २ को मृत्यु, ९९ घाइते

कैलाली र कञ्चनपुरमा हावाहुरीको वितन्डा , २ को मृत्यु, ९९ घाइते


धनगढी –   कैलाली र कञ्चनपुरमा बिहीबार राति आएको भीषण हावाहुरीमा परी ठूलो जनधनको क्षति भएको छ ।

राति ८ बजेबाट सुरु भएको शक्तिशाली हावा हुरीले मानिसको ज्यान लिनुको साथै भौतिक संरचनाहरुमा क्षति पुर्याउँदा जनजीवन प्रभावित भएको छ ।जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार, अहिलेसम्म २ जनाको ज्यान गएको छ । गोदावरीका वीरबहादुर चौधरी र टीकापुरका लहानु चौधरीको ज्यान गएको हो ।

जिल्लाभरमा करिब ९९ घाइते भएका छन् ।  कैलालीमा ७६ जना घाइते भएका छन् भने कञ्चनपुरमा २३ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर चारजनालाई उपचारका लागि भारत र नेपालगञ्ज रेफर गरिएको छ भने बाँकीको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

हुरीले बिजुलीका पोल तथा रुखहरु भाँचेको छ । सरकारी अधिकारीका अनुसार, ४ सयभन्दा बढी बिजुलीका पोल भाँचिएको छ । बिजुलीका पोल भाँचिएकाले विद्युत् आपुर्ती बन्द भएको छ भने नेपाल टेलिकमका पोलहरुमा पनि क्षति पुगेपछि केही स्थानको फोन सेवा समेत अवरुद्ध भएको छ

हावाहुरीले कैलाली र कञ्चनपुरका सैयौं घरका छाना उडाएको छ भने पक्की घरको जीना (छतमा जाने बाटो)को जस्ताहरु उडाएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार हुरीले घरमा पुगेको क्षतिको विस्तृत विवरण आइसकेको छैन । लगत संकलनको काम अहिले भइरहेको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस