Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारडडेल्धुरा पर्शुराममा करेन्ट लागी एक कामदारको मृत्यु

डडेल्धुरा पर्शुराममा करेन्ट लागी एक कामदारको मृत्यु


 

पर्शुराम नगरपालिकामा विद्युत् करेन्ट लागेर एक कामदारको आज बिहान मृत्यु भएको छ ।

कैलाली, हसुलिया घर भएका र केही दिनदेखि नेपाली सेनाको शिविर निर्माण गर्नका लागि नगरपालिकाको जोगबुढा आएका कामदार ३५ वर्षीय सुन्दर चौधरीको आज बिहान करेन्ट लागी मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गोविन्दसिंह बोहराले जानकारी दिनुभयो ।

चौधरीको शव परीक्षणका लागि जोगबुढा अस्पतालमा राखिएको छ । चौधरी केही दिनदेखि कामको सिलसिलामा जोगबुढा पुगेका थिए ।




तपाईको प्रतिक्रिया दिनुहोस