Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारबाढी पहिरोपछि सिइरा लिओनमा ४ हजार बालबालिका घरविहिन

बाढी पहिरोपछि सिइरा लिओनमा ४ हजार बालबालिका घरविहिन


सिइरा लिओनमा आएको पछिल्लो बाढी पहिरोका कारण ४ हजार बालबालिका घरबार विहिन भएका छन् ।

राजधानी फ्रिटन नजिकै आएको बाढी पहिरोका कारण चार हजार जना घरबार विहिन भएको दर्ता गएको सूचना तथा सञ्चार उपमन्त्री कर्नेलिउस डेभेक्सले जानकारी दिनु भएको छ ।

सिइरा लिओनको कानिङगो लगायतका समुदायलाई गत अगस्ट १४ तारिख देखि आएको बाढी पहिरोले असर पारेको छ । उद्धारसम्वन्धी विभिन्न निकायहरुमा ती घरबार विहिन बालबालिकाहरुको विवरण दर्ता भएको अधिकारीहरुले बताएका छन् ।

उहाँका अनुसार क्याथोलिक डन बस्को फम्बुल लगायतका स्थानीय केही गैरसरकारी संस्थाहरुले घरबार विहिन भएका बालबालिकाहरुका लागि आवासको व्यवस्था गरिदिएका छन् ।

बाढी पहिरोका कारण मृत्यु भएका ५ सय जनाको शव भेटिएको उपमन्त्री डेभेक्सले जानकारी दिनुभयो । उहाँले खोजी तथा उद्धार कार्य अझै पनि जारी रहेको जानकारीदिँदै अझै कैयौं शव भेटिन सक्ने अनुमान गरिएको बताउनुभयो ।

ठूलो झरी र अविरल वर्षाका कारण अघिल्लो सोमबारदेखि देशका धेरै ठाउँमा गएको पहिरोमा परी करिब ६०० जना बेपत्ता भएका बताइएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस