Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारभारतको विहारमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २५३ पुग्यो

भारतको विहारमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २५३ पुग्यो


भारतीय पूर्वी राज्य विहारमा जारी बाढीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या २५३ पुगेको छ ।

बाढीको कारण थप इलाका पनि डुबानमा परेका पछिल्लो समाचारमा जनाइएको छ । यसैसँग सम्बन्धित घटनामा परी २५३ को मृत्यु भएको राज्यका एक अधिकारीले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार विहार राज्यको १८ वटा जिल्लाका एक करोड ३० लाख नागरिक बाढीको कारण प्रभावित भएका छन् ।

विहारका प्रमुख नदीहरु कोशी, महानन्दा, बागमती र गङ्गामा पानीको सतह बढेका कारण बाढीको प्रकोप फैलिएको हो । सो बाढीबाट सात लाख हेक्टर खेतीयोग्य जमिन पनि नष्ट भएको छ । त्यसैगरी २० हजार झुपडी पनि बाढीले बगाएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस