Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारहवाई कारबाहीमा ५३ तालिवान आतङ्ककारी मारिए

हवाई कारबाहीमा ५३ तालिवान आतङ्ककारी मारिए


उत्तरी अफगान प्रान्त कुन्दुजको आक्तास जिल्लामा भएको अफगान सैनिकको कारबाहीमा ४८ जना तालिवान मारिएको समाचार छ ।

उक्त क्षेत्रमा तालिवानहरू लुकेर बसिरहेको सूचनाको आधारमा सो कारबाही गरिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा सोमबार भएको एक हवाई कारबाहीमा कम्तीमा पाँच तालिवान आतङ्ककारी मारिएका छन ।

अफगान सेनाको विशेष बलले गरेको यस कारबाहीमा ती तालिवान मारिएका सेनाले जानकारी दिएको छ । नान्र्गाहार प्रान्तको सिर्जाद जिल्लामा तालिवाको आखडा लक्षित आक्रमणमा ती आतङ्ककारीहरू मारिएको सैनिक स्रोतले जानकारी दिएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस