Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसशस्त्र बन्दुकधारीको आक्रमणमा नौ गाउँलेको मृत्यु

सशस्त्र बन्दुकधारीको आक्रमणमा नौ गाउँलेको मृत्यु


दक्षिण फिलिपिन्सको बासिलान प्रान्तको एक दुर्गम गाउँमा सशस्त्र बन्दुकधारीहरु गरेका आक्रमणमा परी नौ व्यक्तिको मृत्यु भएको छ ।

यस आक्रमणमा परी अन्य १० घाइते भएका छन। सोमबार बिहान ५० भन्दा बढी सशस्त्र बन्दुकधारीहरुले सो आक्रमण गरेका प्रहरी स्रोतले जानकारी दिएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ५ः३० बजे सो आक्रमण भएको थियो । ती बन्दुधारीहरुले गाउँलेहरुलाई गोली प्रहार र घरहरुमा आगजनी गर्दैै आक्रमण सुरु गरेका उक्त प्रान्तका प्रहरी निरीक्षकले जानकारी दिनु भएको छ ।

यस आक्रमणमा कुनै समूहको हात रहेको हो सोको परिचय नखुलेको प्रहरीले जानकारी दिएको छ । हालसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मा पनि लिएका छैनन ।




तपाईको प्रतिक्रिया दिनुहोस