Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारराजधानीमा प्राज्ञिक राष्ट्रिय छात्रा वर्ग

राजधानीमा प्राज्ञिक राष्ट्रिय छात्रा वर्ग


प्राज्ञिक विद्यार्थी परिषद्, नेपालद्धारा आयोजित राष्ट्रिय छात्रा वर्ग यही भाद्र १ गते उद्घाटन भई भाद्र ३ गते शनिवारसम्म सञ्चालन भएको छ । कार्यक्रमको अन्तिम दिन अर्थात भाद्र ३ गते शनिवार नारी सम्मान, सुरक्षा र स्वाबलम्बनका लागि छात्रा दौड प्रतियोगिता सँगै वर्गको निर्धारित कार्यक्रम सम्पन्न भएको छ ।


सम्मान कार्यक्रमका प्रमुख अतिथि एवं पाटन उच्च अदालतका माननीय न्यायाधीश श्री नीता दिक्षितज्यूले गर्नुभएको थियो । सम्मान कार्यक्रमका प्रमुख अतिथि दिक्षितज्यूबाट समाजमा राम्रो योगदान पु¥याउनु हुने बरिष्ठ कलाकार श्री लक्ष्मी भुषालन्यू, प्रहरी उपरीक्षक श्री किरण बज्राचार्यन्यू, १३८ औं पटक रक्तदान गर्नुहने श्री नीता घिरैयाज्यू, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका सह–प्रध्यापक श्री सुशन आचार्यज्यू, सामाजिक व्यक्तित्व, उद्यमी तथा नमुना एकिकृत विकास परिषद् रूपन्देहीका अध्यक्ष श्री ज्ञानु पौडेलज्यू लगायतलाई परिषद्ले राष्ट्रिय छात्रा वर्ग कार्यक्रम मार्फत सम्मान गरिएको थियो ।

नारी सम्मान, सुरक्षा र स्वाबलम्बनका लागि छात्रा दौड प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि तथा काठमाण्डौं महानगरपालिका उप–प्रमुख श्री हरि प्रभा खड्कीज्यू रहनु भएको थियो । प्रमुख अतिथिज्यूबाट छात्रा दौडप्रतियोगितामा प्रथम हुनुहुने सुश्री चण्डिका मगरज्यू, द्धितीय सुश्रीऔशिला गुरुङ्ग, तृतीयमा सुश्रीधनमाला तामाङ्गज्यू र चौथो स्थानमा सुश्री आयूषा नगरकोटीज्यूलाई पुरस्कृत हुनुभएको थियो।

तीन दिवसीय आवासीय कार्यक्रम कमलपोखरी स्थित अग्रवाल भवनमा सञ्चालन गरिएको थियो । कार्यक्रममा देशभरबाट ८० भन्दा धेरै छात्रा राजधानी आएका परिषद्का छात्रा प्रतिनिधि कार्यकर्ताहरूको भेला भएकोथियो । कार्यक्रम अवधिभर सहभागी प्रतिनिधिलाई विभिन्न सत्र अनुरूपका भिन्न भिन्न प्रशिक्षण प्रदान गरिरहेका छन् को उद्घाटन अग्रवाल भवनको सभाहलमा विहिवार १ गते भएको थियो । विहानदेखि बेलुकासम्मको दैनिकी दिन चर्याको पालना गराउदै व्यक्तिगत जीवन र सामाजिक जीवनमा कसरी सफल बन्ने भन्ने विषयमा नै प्रशिक्षण केन्द्रित हुनेछन् । दलीय राजनीति भन्दा माथि रहेर राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, मैलिक परम्पराको रक्षाका लागि विगत २० औं वर्षदेखि देशभर परिषद्ले शैक्षिक क्षेत्रमा कार्य गरिरहेको छ । असल व्यक्ति निर्माणको माध्यमबाट नै राष्ट्रको पुनः निमार्ण गर्न सकिन्छ भन्ने परिषद्को धारणा रहेको छ ।

पूर्वीय दर्शन बैज्ञानिकता र व्यवहारिकतामा आधारित भएको हुदाँ यस दर्शन प्रति विश्वको ध्यान नै केन्द्रित भईरहेको पाउन सकिन्छ । यसै दर्शनलाई आत्मासाथ गरेर नै पाश्च्यात्य जगतमा विकास कार्य सम्भव हुन पुगेको डां रमेश ढुङ्गेलज्यूले बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य स्वागत समितिका अध्यक्ष  रेणु अधिकारीज्यूले राख्नु भएको थियो ।

महिला, बालबालिकातथासमाज कल्याणमन्त्रालयका सचिव तथा कार्यक्रमका प्रमुख अतिथि खगराज बरालज्यूले आतिथ्यतामा कार्यक्रमकोउद्घाटन भएको थियो । कार्यक्रमका विशिष्ठ अतिथिहरूमाविद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा. रामजी गौतम, विद्यार्थी परिषद्का राष्ट्रिय छात्रा प्रमुख उर्मिला भट्ट, डां रमेश ढुङ्गेल, अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय सचिव मेनुका चौधरी, परिषद्को छात्रा वर्ग स्वागत समिति अध्यक्ष रेणु अधिकारी रहनु भएको थियो । विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव रमेश कण्डेल, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल रहनु भएको थियो । कार्यक्रममा समाजसेवी प्रबुत्व व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि सचिव ढकालले भन्नुभयो, घर घरबाट नै सस्कार र सस्कृतिको बारेमा चर्चा गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । जवसम्म घरमा राम्रो संस्कार बच्चाले पाउदैन तबसम्म कुनै ठोस परिवर्तन हुन सक्दैन । एक महिला शिक्षित हुनु भनेको परिवार नै शिक्षित हुनु सरह हो तसर्थ विभिन्न कार्यक्रम मार्फत महिला तथा बालबालिको चौतर्फी विकास कार्य गर्न सकिन्छ त्यो जागरुप प्रत्येक व्यक्ति व्यक्तिमा हुनु पर्ने उल्लेख गर्नुभयो ।

सरकारको मात्र मुख नहेरी सम्पूर्ण देशवासीले समस्याको समाधान गर्न लाग्नु पर्ने उहाले बताउनुभयो । आजकल समस्याहरूले जरो गाडिरहेको प्रशंग्र उल्लेख गर्दै उहाले सबै शिक्षित र यूवा वर्ग बैदेशिक राष्ट्रमा विभिन्न बाहानामा बाहिरिने क्रम तिब्र रूपमा बढिरहेको र यो भविष्यका लागी पनि राम्रो नहुने कुरा उल्लेख गर्नुभएको थियो ।भने कार्यक्रमका विशिष्ठ अतिथि डां रमेश ढुङ्गेलले हामीले पुर्वीय दर्शन र पाश्चात्य जगतको वारेमा राम्रो सँग बुझ्नु आवश्यक भएको बताउनुभयो । हाम्रो सँस्कार, सस्कृतिमा समानता भएको उल्लेख गर्दै महिला र पुरुष एकै रथका दुई पाङ्गा भएको र महिलाको स्थान उच्च पुजनीय रहेको हुदा पूवीय दर्शनको बढी महत्व रहेको बताउनुभयो ।

त्यसै गरी परिषद्का राष्टिय अध्यक्ष डा गौतमले कार्यक्रममा मन्तव्य राख्दै भन्नुभयो, यो समय छात्रा जागरणको समय भएको र यही कार्य परिषद्ले गरिरहेको उल्लेख गर्नुभयो । समाजबाट यही कार्यको स्वागत र अत्यन्तै सकारात्मक पक्ष भएको कुरा भइरहेकोले झनै परिषद्लाई हौसला मिल्ने गरेको बताउनुभयो । अहिलेका यूवा छात्राहरूमा नेतृत्व गर्न सक्ने हिम्मत पनि गर्नका लागि छात्राहरूलाई अनुरोध समेत गर्नुभएको थियो ।

कार्यक्रमको व्यवस्थापनमा परिषद्का राष्ट्रिय सचिव रोमी घिमिरेले गर्नुभएको थियो, भने उद्घाटन कार्यक्रमको सञ्चालन परिषद्का कार्यकर्ता सबिना तामाङ्गले गर्नुभएको थियो ।

 




तपाईको प्रतिक्रिया दिनुहोस