२०८२, जेठ, ७
    {
राजनीति / बागमती प्रदेश / समाचार

असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउन सभामुखको अपिल

  • पुलेसो
  • २०८२, वैशाख १२ शुक्रबार
असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउन सभामुखको अपिल

काठमाडौँ - सभामुख देवराज घिमिरेले असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउन अपिल गरेको छ ।

प्रतिनिधिसभाको छैटौँ अधिवेशन प्रारम्भ भएको अवसरमा संसद्मा सङ्क्षिप्त सम्बोधन गर्दै सभामुख घिमिरेले संसद्ले निर्माण गर्नुपर्ने कानुनलाई यथासम्भव टुङ्ग्याउन सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताए । सभामुखले भने“संसद्को मुख्य जिम्मेवारी कानुन निर्माण गर्नु नै हो”। “समयमा नै कानुन बनाउन नसक्दा देखिएका असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न संसद्ले निर्माण गर्नुपर्ने कानुनलाई यथासम्भव टुङ्ग्याउन साझा प्रतिबद्धता आवश्यक छ ।”

संसद् जनताको आवाजको प्रतिनिधित्व गर्ने थलो भएको उल्लेख गर्दै सभामुख घिमिरेले संसद्मा राष्ट्रिय मुद्दाहरूमा बहस गरिने र जनताको चाहनाअनुरूप निर्णयहरू लिइने बताए । उनले प्रतिनिधिसभाको आजदेखि सुरु भएको बजेट अधिवेशन सरकारको नीति तथा कार्यक्रम, बजेटसँगै कानुन निर्माणका लागि पनि सफल हुने विश्वास व्यक्त गरे ।

संसद्को प्रभावकारिता अभिवृद्धि गर्न सके मात्रै लोकतन्त्रको सुदृढीकरण, सुशासन, जबाफदेहिता र जनउत्तरदायी शासन प्रणाली निर्माणमा सहयोग पुग्ने सभामुखको भनाइ छ । उनले भने,“प्रभावकारी संसद्ले मात्रै देशका समस्या समाधान गर्न उपयुक्त नीति तथा कानुन बनाउँछ, सामाजिक न्याय, आर्थिक विकास र राष्ट्रिय समृद्धिमा टेवा पुर्‍याउने भएकाले आगामी अधिवेशन सफल बनाउन अपिल गर्दछु”,  ।

बजेट अधिवेशनमा संसद्को कामको चापलाई ध्यान दिँदै सभामुखले शनिबार र सार्वजनिक बिदाबाहेक संसद् सञ्चालन गरेर विद्यालय शिक्षा विधेयक, सङ्घीय निजामती सेवा विधेयक टुङ्ग्याउने गृहकार्य गरेको छ । नीति तथा कार्यक्रम र बजेटका बीच पनि शिक्षा, निजामतीलगायतका महत्वपूर्ण विधेयकलाई अघि बढाउन संसद्को आगामी क्यालेन्डरमा समय सुरक्षित गरिएको छ ।

दुवै विधेयक हाल सम्बन्धित समितिमा रहेकाले संसद्मा छलफल गर्ने र पारित गर्ने काम अघि बढ्न सकेको छैन । सभामुखले समितिको प्रतिवेदन आए लगत्तै विद्यालय शिक्षा विधेयक, सङ्घीय निजामती सेवा विधेयकलाई सभाबाट पारित गर्ने कार्यसूची तय गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएको छ ।

 

सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक एवं प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकसँगको छलफलमा पनि संविधान र सङ्घीयता कार्यान्वयनसँग जोडिएका शिक्षा, कर्मचारी, प्रहरीलगायतका विधेयकलाई टुङ्गोमा नपुर्‍याएसम्म समितिको बैठक निरन्तर सञ्चालन गर्न र सांसदहरूलाई राजधानी बाहिरको कार्यक्रम नराख्ने वातावरण बनाउन निर्देश गरेको थियो । 

निरन्तर हुने छलफलका लागि आवश्यक व्यवस्थापकीय प्रबन्ध गर्न अर्थ मन्त्रालयले समेत स्वीकृति दिइसकेको सभामुखले सदनलाई जानकारी दिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

‘ए कान्छा’मा युबिन र मञ्जुको रोमान्स

काठमाडौंँ । गीतकार लोकराज अधिकारीको शब्द तथा गोविन्द मधुर आचार्यको संगीत रहेको गीत ‘ए कान्छा’ सार्वजनिक गरिएको छ ।

ज्याक्लिन पेरालेज–फ्लेमिङको स्वर रहेको गीतको संगीत संयोजन...

‘ए कान्छा’मा युबिन र मञ्जुको रोमान्स

ओझेलमा अनौठो कुवा

तानसेन (पाल्पा) - यहाँको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा ओझेलमा परेको छ ।

बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको उक्त...

ओझेलमा अनौठो कुवा

भाषा संरक्षणमा जुट्दै हायु समुदाय

धुलिखेल - आदिवासी जनजाति समुदायअन्तर्गत लोपोन्मुख हायु जातिका समुदाय आफ्नो भाषा संरक्षणमा जुटेका छन् ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० बाल्टिङमा रहेको सो समुदायलाई भाषा, संंंस्कार र संस्कृति...

भाषा संरक्षणमा जुट्दै हायु समुदाय

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय...

म्याग्दी - विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका...

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द