ललितपुर - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताए।
कांग्रेस बागमती प्रदेश समितिको प्रशिक्षण विभागद्वारा आज आयोजित कार्यक्रममा केही दिनयता राजावादी पक्षधरहरूको गतिविधिप्रति इङ्गित गर्दै सभापति देउवाले पूर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन नसक्ने धारणा व्यक्त गरे ।कांग्रेस प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटनका अवसरमा उनले भने, “नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन, ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि होइनन्, बरु राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्रलाई पार्टी सभापति बनाए हुन्छ ।”
सभापति देउवाले पूर्व राजा ज्ञानेन्द्रलाई राजनीति नै गर्ने भए पार्टी खोल्न सुझाव दिए। “राजनीति गर्ने भए पार्टी खोल्दा भइहाल्यो नि ! तर त्यो पार्टीमा जानेहरूले धेरै नै दुःख पाउँछन्”, सभापतिले भने । उनले गणतन्त्रका पक्षमा एकजुट भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए।
कांग्रेस बागमती प्रदेश उपसभापति एवं प्रदेश प्रशिक्षण विभाग प्रमुख चन्द्र महर्जनको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रममा प्रवक्ता डा प्रकाशशरण महत, प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक डा कृष्णप्रसाद पौडेल, बागमती प्रदेशका कोषाध्यक्ष डा भद्रा पराजुली भण्डारी, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण विभागका कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठ लगायतको उपस्थिति थियो ।
काठमाडौँ - ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् ।
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले...
काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आन्दोलनरत शिक्षकका मागप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसका सचेतक सुशीला थिङले शिक्षकहरूको जायज माग तत्काल सम्बोधन...
काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेट सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी न्यायोचित तथा प्रभावकारी ढंगले निर्माण गरिनुपर्नेमा जोड दिए।
प्रतिक्रिया