१७ वैशाख, २०८२
    {
कोशी प्रदेश / कृषि / समाचार

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

  • पुलेसो
  • २०८१, चैत १० आइतबार
अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल (इलाम) - अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ ।

हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती सुरु गरेका हुन् । हात्तीढुङ्गे कृषक समूहका अध्यक्ष प्रेमकुमार राईका अनुसार वार्षिक रु २५ हजार भाडा तिर्नेगरी भिरालो जग्गामा तरुलखेती सुरु गरिएको हो । समूहलाई माङसेबुङ गाउँपालिकाले रु एक लाख सहयोग गरेको छ । माङसेबुङ गाउँपालिकाले परम्परागत कन्दमूलखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत उक्त रकम उपलब्ध गराएको हो ।

 

किसान समूहले वनतरुलसँगै गिठा र भ्याकुरको समेत खेती गर्दै थालेको छ । हाल बगानमा १६ हजार बोट वनतरुल, चार सय ५० बोट भ्याकुर र एक सय ५० बोट गिठा हुर्र्काएको छ । तीन वर्षपछि मात्र तरुल उत्पादन हुने जनाइएको छ । खेती विस्तारका लागि बीउ जङ्गलबाट नै सङ्कलन हुने गरेको छ ।

गहिरो खाल्डो खनेर प्रशस्त मल राखेर एकपटक बीउ रोपेपछि पटकपटक रेखदेख गर्नु नपर्ने भएकाले तरुलखेती अन्य खेतीभन्दा सजिलो भएको उनले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

मह जोडीले पार गरे सहकार्यको ४५...

काठमाडौँ -  ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् । 

  • पुलेसो
  • २०८२, वैशाख १५ सोमबार
  • मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

    वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले...

    वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो

    तरबुजा खेती गरेरै जीविका चलाउँदै दुई...

    कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबुजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबुजाखेती गर्दै आएका हुन्। 

    ...
    तरबुजा खेती गरेरै जीविका चलाउँदै दुई सय परिवार

    संसद्को बहस शिक्षक आन्दोलनमा केन्द्रित

    काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आन्दोलनरत शिक्षकका मागप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् ।

    नेपाली कांग्रेसका सचेतक सुशीला थिङले शिक्षकहरूको जायज माग तत्काल सम्बोधन...

    संसद्को बहस शिक्षक आन्दोलनमा केन्द्रित