२०८२, माघ, १०
    {
खेलकुद / मधेस प्रदेश / समाचार

चैत्र ९ गतेबाट राजर्षि जनक टि–२० क्रिकेट प्रतियोगिता हुने

  • पुलेसो
  • २०८१, चैत ८ शुक्रबार
चैत्र ९ गतेबाट राजर्षि जनक टि–२० क्रिकेट प्रतियोगिता हुने

जनकपुरधाम - युवाहरूलाई लागु पदार्थको बढ्दो प्रभावबाट जोगाउन तथा शारीरिक एवं मानसिक विकासका लागि जनकपुरधाममा राजर्षि जनक क्याम्पस टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

राजर्षि जनक क्याम्पसको आयोजना तथा जिल्ला क्रिकेट संघ धनुषाको संयोजन एवं जनकपुर पेस फाउण्डेशनको सहयोगमा प्रतियोगिता हुन लागेको जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । खेलहरू सबै जनकपुरधामको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा चैत्र ९ गतेबाट हुने छन् ।

लीग फरमेटमा हुने सो प्रतियोगितामा जनकपुरधामको राजर्षि जनक, गुगल प्रसाद बसहीया, राराव क्याम्पस, जनकपुर कम्युनिटी कलेज, मिट क्याम्पस तथा मोनाष्टिक कलेजका विद्यार्थीहरू सहभागी हुने नेपाल क्रिकेट संघ धनुषाका जिल्ला सचिव आशिष झाले जानकारी दिए ।

 

१३ गतेसम्म चल्ने प्रतियोगितामा कक्षा ११ देखि स्नातकोत्तरसम्मका विद्यार्थीहरू भाग लिएर खेल्न पाउने छन् । करिब ९ लाख खर्च हुने प्रतियोगितामा विजयी हुने टिमलाई मेडल, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने भएको आयोजकले जनाएको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

शुरु भयो शहीद सप्ताह

काठमाडौँ– निरंकुश राणाशासनको  विरोधमा संघर्ष गर्ने क्रममा ज्यान गुमाएका चार शहीदको सम्झना गर्दै शहीद सप्ताह शुरु भएको छ।
तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शुक्राज शास्त्रीलाई...

शुरु भयो शहीद सप्ताह

रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग...

 रुकुमपूर्व । ​रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् ।
सडक अवरुद्ध...

रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध

कांग्रेसले गगनलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार,...

काठमाडौं । नेपाली कांग्रेसले ५ मापदण्डको आधारमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ।
केन्द्रीय समितिको बैठकपछि ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उपसभापति विश्वप्रकाश...

कांग्रेसले गगनलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार, यस्ता छन् मापदण्ड

कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने...

काठमाडौ  । कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने गौरवको अवस्था आएको बताएका छन् । नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि पदभार ग्रहण गर्दै थापाले पार्टीभित्र विभिन्न आरोह अवरोध भए पनि अब...

कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने गौरवको अवस्था आयोः गगन थापा