११ चैत, २०८१
    {
समाज / प्रविधि / समाचार

टेलिकमको २५ प्रतिशत शेयर जनतामा हस्तान्तरण गरिने

  • पुलेसो
  • २०८१, माघ २२ मंगलबार
टेलिकमको २५ प्रतिशत शेयर जनतामा हस्तान्तरण गरिने

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल टेलिकमलाई सबल कम्पनीको रुपमा व्यवस्थित गराउन सरकारले २५ प्रतिशत शेयर जनतामा हस्तान्तरण गर्ने बताए ।

नेपाल टेलिकमको २१ औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रविधिको विकास तथा व्यापारमा भएको प्रतिस्पर्धाका बीच नेपाल टेलिकमलाई सक्षम बनाउन सरकारले नेपाल टेलिकमको शेयर जनतामा हस्तान्तरण गर्ने योजना बनाएको बताए।सञ्चार मन्त्री गुरुङले हाल नेपाल टेलिकमको अघि प्रतिस्पर्धा गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने चुनौती रहेको उल्लेख गर्दै त्यसलाई सामना गर्ने गरी सेवा प्रवाह, पहुँच वृद्धि र प्रविधिको प्रयोगमामा जोड दिनुपर्ने बताए। 

नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले नेपाल टेलिकमले देशका सबै वडाहरूमा गुणस्तरीय फोर जि सेवा र इन्टरनेटको पहुँच पुर्‍याउनुपर्नेमा जोड दिए ।मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा लगानी प्रवर्द्धन तथा व्यवसाय सुदृढीकरण गर्ने गरी सरकारले अध्यादेश ल्याएको उल्लेख गर्दै मुलुकको सञ्चार तथा सामाजिक सञ्जालहरूलाई व्यवस्थित गर्ने गरी विधेयक  संसदमा दर्ता गरेको बताए । 

सरकारले संसदमा पेश गरेका ६ वटा अध्यादेशहरू पारित भएको खण्डमा मुलुकमा सुशासन स्थापना लगानीको वातावरण निर्माणमा कोशेढुंगा हुने पनि सञ्चारमन्त्री गुरुङले बताए ।कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले ग्राहकका गुनासाको सम्बोधन र सेवाको प्रवाहमा शीघ्रता ल्याउने गरी नेपाल टेलिकमले  काम गर्ने बताए । 

उनले नेपाल टेलिकमको सेवा विस्तारका लागि आवश्यक टावर लगायतका संरचना निर्माण तथा बिलिङसम्बन्धी योजना छिट्टै कार्यान्वयनमा लैजाने बताए । सरकारको निर्देशन अनुसार नेपाल टेलिकमको शेयर जनतामा हस्तान्तरणको लागि आवश्यक प्रक्रिया पनि छिट्टै अघि बढाउने प्रतिबद्धता समेत सचिव अर्यालले व्यक्त गरे ।

 

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले नेपाल टेलिकमले अब आफ्ना सेवाहरूलाई समयानुकूल सुधार गरी डिजिटल अपरेटरको रुपमा आफूलाई अघि बढाउनुपर्ने बताए । उनले प्रतिस्पर्धात्मक क्षमतामा सुधार गरी सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउन आवश्यक अध्ययन तथा अनुसन्धान गरेर अघि बढ्न नेपाल टेलिकमलाई निर्देशन दिए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहारीले चालु आर्थिक वर्षको पुष मसान्तसम्म नेपाल टेलिकमले गुणस्तरीय सेवा प्रवाह तथा पहुँच वृद्धिको लागि विभिन्न योजना तथा कार्यक्रमहरू अघि बढाएको बताए । उनले पुष मसान्त सम्ममा नेपाल टेलिकमले २० अर्ब १२ करोड आय आर्जन गरेको र यस आर्थिक वर्षको वित्तीय लक्ष्य प्राप्त गर्न सकिने अवस्था देखिएको उल्लेख गरे । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको...

काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए । 

सांसदहरुले महायज्ञको नाममा...

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल (इलाम) - अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ ।

हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती...

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील...

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताए ।

‘सबैका लागि समयमै पूर्वसूचना’ नाराका...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

एसियाली राजमार्ग निर्माण : कामको गति...

झापा - एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ ।

एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले...

एसियाली राजमार्ग निर्माण : कामको गति सुस्त, लक्ष्य भेटाउन कठिन