२०८२, माघ, १०
    {
शिक्षा/स्वास्थ्य / कर्णाली प्रदेश / समाचार

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

  • पुलेसो
  • २०८१, माघ २२ मंगलबार
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

सुर्खेत - कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ ।  कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार पाँच सय ४९ शिक्षक रिक्त रहेको बताए। 
 
कर्णालीमा दुई हजार नौ सय ३१ सामुदायिक विद्यालयमा ११ हजार आठ सय ६५ दरबन्दीमा मात्र शिक्षक छन् । हाल विद्यालयका आधारमा १७ हजार तीन सय ८४ हो । नौ सय २७ प्राविमा छ सय ४४ जना शिक्षक अपुग छन् । यसमा हुनुपर्ने शिक्षक दरबन्दी आठ हजार सात सय ९३ होभने अहिले आठ हजार एक सय ४९ जनामात्र छन् ।

यस्तै एक हजार १४० निम्नमाध्यमिक विद्यालयमा दुई हजार छ सय ९९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने चार हजार पाँच सय ६० शिक्षक हुन्भने अहिले एक हजार आठ सय ६१ जना कार्यरत छन् ।यसैगरी, छ सय पाँच माविमा एक हजार सात सय ४९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने तीन हजार २५ शिक्षक हुन्भने अहिले एक हजार दुई सय ७६ जना शिक्षक मात्र छन् ।

दुई सय ५९ उच्च माविमा चार सय ५७ शिक्षक अपुग छन् । यस तहमा एक हजार ३६ शिक्षक हुनुपर्ने होभने अहिले पाँच सय ७९ जना कार्यरत रहेको अधिकृत सुनारले जानकारी दिए । उनका अनुसार कर्णालीमा विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव छ ।

 

कानुनअनुसार न्यूनतम हुनुपर्ने शिक्षक दरबन्दीमा प्रावि तहमा तीन, निमावि तहमा चार, मावि तहमा पाँच र उच्च मावि तहमा चारजना हुनुपर्छ । शिक्षक अपुग भएपछि विभिन्न विकल्पमा शिक्षक नियुक्त गरिएका छन् ।निजी स्रोतबाट, स्थानीय तह, प्रदेश तह र सङ्घीय सहयोगबाट शिक्षक नियुक्त गरेर पढाउनु परेको उनले बताए । बालविकासदेखि उच्च माविसम्म छ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन्भने कर्णालीको साक्षरता दर ७६.१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

शुरु भयो शहीद सप्ताह

काठमाडौँ– निरंकुश राणाशासनको  विरोधमा संघर्ष गर्ने क्रममा ज्यान गुमाएका चार शहीदको सम्झना गर्दै शहीद सप्ताह शुरु भएको छ।
तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शुक्राज शास्त्रीलाई...

शुरु भयो शहीद सप्ताह

रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग...

 रुकुमपूर्व । ​रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् ।
सडक अवरुद्ध...

रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध

कांग्रेसले गगनलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार,...

काठमाडौं । नेपाली कांग्रेसले ५ मापदण्डको आधारमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ।
केन्द्रीय समितिको बैठकपछि ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उपसभापति विश्वप्रकाश...

कांग्रेसले गगनलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार, यस्ता छन् मापदण्ड

कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने...

काठमाडौ  । कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने गौरवको अवस्था आएको बताएका छन् । नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि पदभार ग्रहण गर्दै थापाले पार्टीभित्र विभिन्न आरोह अवरोध भए पनि अब...

कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने गौरवको अवस्था आयोः गगन थापा