११ चैत, २०८१
    {
घुमफिर / मधेस प्रदेश / समाचार

सुनसान देखिने सर्लाहीको नाढिमन तालमा पर्यटकको घुइँचो

  • पुलेसो
  • २०८१, माघ २२ मंगलबार
सुनसान देखिने सर्लाहीको नाढिमन तालमा पर्यटकको घुइँचो

सर्लाही - सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेको नाढिमन ताल हराभरा भएको छ । मधेश प्रदेशकै पहिलो प्राकृतिक नाढिमन तालमा आन्तरिक तथा बाह्य पर्यटकहरू आउन थालेका छन् ।

आज बसन्तपञ्चमीको अवसरमा मेला लागेपछि तालमा पर्यटकको सङ्ख्या बढेको छ । प्रायस् जसो सुनसान देखिने नाढिमन तालमा आज पर्यटक बढेको स्थानीयहरूले बताएका छन् । प्रत्येक वर्ष झैँ यस वर्ष पनि बसन्तपञ्चमीको अवसरमा मेला लागेपछि पर्यटकहरूको घुइँचो बढेको चन्द्रनगर गाउँपालिकाका कर्मचारी सञ्जीव महतोले जानकारी दिए ।

नढिमन तालमा दुई वटा इलेक्ट्रिक बोट र १० वटा खुट्टाले चलाउने डुङ्गा रहेको छ ।पहिला सुनसान देखिने नाढिमन तालमा आज बोट र डुङ्गाको सवारी गर्नेको घुइँचो लागेको छ । भारतको केही स्थान तथा चन्द्रनगरको छिमेकी पालिका पर्सा, हरिपुर्वा, ईश्वरपुर, मलंगवा, ब्रह्मपुरी लगायतको ठाउँ बाट आज पर्यटक आउने गरेको कर्मचारी महतोले बताए ।आज दिनभर इलेक्ट्रिक बोट र डुङ्गाको टिकट काटन भ्याई नभ्याई भएको कर्मचारी महतो बताए ।

बिगत लामो समय सम्म खडेरीका सुख्खा परेको ताल यो वर्ष बर्षातको समयमा पानी परेपछि पानीले भरी भराऊ बनेको छ ।ताल भरिभराउ भएपनि डुङ्गा तथा बोटहरू बिग्रेका कारण पर्यटकहरू आएर पनि फर्केर जाने गरेका थिए । तर पछिल्लो समय डुङ्गा तथा बोटहरू बनिसकेपछि पर्यटकहरू बोटिङ्गको मज्जा लिएर फर्किने गरेको चन्द्रनगर गाउँपालिकाले जनाएको छ । ५२ बिगाहा क्षेत्रफलमा फैलिएको ताल यतिबेला अतिक्रमणको कारण केही खुम्चेको चन्द्रनगर निवासी स्थानीय पुनित पासवानले बताए।

 

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले नाढिमन तालमा आउन भारतीय तथा आन्तरिक पर्यटकहरूलाई आउन आग्रह गर्नुभएको छ । ताललाई सौन्दर्यकरण गर्ने काम भइरहेको छ, तालमा गंगा आरतीको लागि पनि संरचनाहरू बनाउन सुरु गरिएको हुँदा दिन मात्र नभई राति पनि यो ताल भ्रमण गर्न सक्ने बनाउने योजना भएको  अध्यक्ष महतोले बताए।

प्रतिक्रिया

छुटाउनुभयो कि?

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको...

काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए । 

सांसदहरुले महायज्ञको नाममा...

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल (इलाम) - अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ ।

हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती...

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील...

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताए ।

‘सबैका लागि समयमै पूर्वसूचना’ नाराका...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

एसियाली राजमार्ग निर्माण : कामको गति...

झापा - एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ ।

एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले...

एसियाली राजमार्ग निर्माण : कामको गति सुस्त, लक्ष्य भेटाउन कठिन