२०८२, जेठ, ७
    {
अन्तराष्ट्रिय / धर्म-संस्कृति र रितिथिति / समाचार

भारतको कुम्भमेलामा भागदौड, धेरैको मृत्युको आशंका

  • पुलेसो
  • २०८१, माघ १६ बुधबार
भारतको कुम्भमेलामा भागदौड, धेरैको मृत्युको आशंका

प्रयागराज, भारत - उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलामा बुधबार राति डेढ बजेको समयमा एक घाटमा भागदौड मचिएको छ। भागदौडका कारण धेरै व्यक्तिहरूको मृत्यु भएको आशंका गरिएको छ।

समाचार एजेन्सी एएफ़पीका अनुसार, यस घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको र थुप्रै मानिस घाइते भएका छन्। यद्यपि प्रशासनले अहिलेसम्म कुनै पनि मृतकको पुष्टि भने गरेको छैन। समाचार एजेन्सी पीटीआईका अनुसार, भारतीय प्रधानमन्त्री नरेद्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोनमार्फत् स्थितिको समीक्षा गरेका छन् र घटनाप्रति गहिरो चासो व्यक्त गरेका छन्।

मंगलवार साँझदेखि मौनी अमावस्याको अवसरमा अमृत स्नानको क्रम चलिरहेको थियो र ठीक यसै समयमा उक्त दुर्घटना भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार भिडले त्यहाँ लगाइएका बारहरू तथा अवरोधलाई तोडेर ठेलमठेल गर्दा उक्त अवस्था निम्तिएको थियो।१३ जनवरीदेखि सुरु भएको महाकुम्भमा अहिलेसम्म लगभग १५ करोड व्यक्तिहरूले गंगा नदीमा डुबुल्की मारिसकेका छन्।

 

आज बुधवारको दिन मेलामा १० करोड भन्दा बढी श्रद्धालुहरूको उपस्थिति हुने अपेक्षा गरिएको छ। आज महाकुम्भ मेलाको सबैभन्दा शुभ दिन मानिन्छ । त्यहीकारण भक्तजनहरू मंगलबारदेखि नै स्नानका लागि लाइनमा थिए ।

भागदौड पछि साधुसन्तहरूले श्रदालुहरुलाई संगम तटमानजानको लागि आग्रह गरेका छन् । अझै पनि संगम तटमा मानिसहरूको भीड बढिरहेको बताइएको छ। भगदौड पछि पनि मानिसहरु कुनै न कुनै तरिकाले संगम तटतर्फ जाने प्रयासमा रहेको बताइएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

‘ए कान्छा’मा युबिन र मञ्जुको रोमान्स

काठमाडौंँ । गीतकार लोकराज अधिकारीको शब्द तथा गोविन्द मधुर आचार्यको संगीत रहेको गीत ‘ए कान्छा’ सार्वजनिक गरिएको छ ।

ज्याक्लिन पेरालेज–फ्लेमिङको स्वर रहेको गीतको संगीत संयोजन...

‘ए कान्छा’मा युबिन र मञ्जुको रोमान्स

ओझेलमा अनौठो कुवा

तानसेन (पाल्पा) - यहाँको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा ओझेलमा परेको छ ।

बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको उक्त...

ओझेलमा अनौठो कुवा

भाषा संरक्षणमा जुट्दै हायु समुदाय

धुलिखेल - आदिवासी जनजाति समुदायअन्तर्गत लोपोन्मुख हायु जातिका समुदाय आफ्नो भाषा संरक्षणमा जुटेका छन् ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० बाल्टिङमा रहेको सो समुदायलाई भाषा, संंंस्कार र संस्कृति...

भाषा संरक्षणमा जुट्दै हायु समुदाय

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय...

म्याग्दी - विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका...

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द