२८ माघ, २०८१
    {
समाज / प्रविधि / कर्णाली प्रदेश / समाचार

नेपाल टेलिकमको फाइबर टु द होम (FTTH) सेवा देशका ७७ वटै जिल्लामा

  • पुलेसो
  • २०८१, साउन ३२ शुक्रबार
नेपाल टेलिकमको फाइबर टु द होम (FTTH) सेवा देशका ७७ वटै जिल्लामा

काठमाडौँ - कर्णाली प्रदेशको हुम्ला जिल्लामा नेपाल टेलिकमको फाइबर टु द होम (FTTH) सेवा शुभारम्भ भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज मन्त्रालयमा भर्चुअल माध्यमबाट सेवा शुभारम्भ गर्दै हुम्लासहित देशका ७७ वटै जिल्लामा फाइबर टु द होम (FTTH) सेवा पुगेको जानकारी दिए ।मन्त्री सुब्बाले हुम्ला जिल्लामा यो सेवा शुभारम्भ भएसँगै एक सय दिनमा सरकारले प्राथमिकतामा राखेका महत्वपूर्ण पाँच वटा कामहरूमध्ये पहिलो काम पुरा भएको पनि जानकारी दिए ।

मन्त्री गुरुङले प्रविधिको क्षेत्रमा राम्रो काम गर्न सके यसले मुलुकको आर्थिक समृद्धिको ढोका खोल्न सक्ने भन्दै टेलिकमको फाइबर टु द होम (FTTH) सेवा विस्तारले मुलुकले लिएको डिजिटल नेपाल फ्रेमवर्कको अवधारणमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकमका अध्यक्ष राधिका अर्यालले मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्य पुरा गर्न अबका दिनमा प्रविधिसँगै अगाडी बढ्नुपर्ने बताए ।

उनले, यसका लागि दूर सञ्चार सेवा सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपाल टेलिकमले व्यापार व्यवसाय मात्रै नभएर सरकारप्रतिको उत्तरदायित्व वहन गरेर सेवा विस्तार गरिरहेको बताए ।

 

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले अहिले फाइबर टु द होम (FTTH) सेवा पुर्‍याइएको हुम्ला जिल्लामा आगामी दिनमा मुलुकका अन्य भागमा जस्तै प्रभावकारी रुपमा इन्टरनेट प्रयोग गर्न सकिने बताए ।नेपाल टेलिकम आम नागरिकमा सहज सेवा पुर्‍याउन प्रतिबद्ध रहेको भन्दै प्रबन्ध निर्देशक पहाडीले मुलुकका सबै जिल्लामा शुरु भएका सेवा आगामी दिनमा थप प्रभावकारी बनाएर अगाडी बढाइने बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

चिसापानी–गड्डा चौकी सडकखण्ड छ लेनको बन्छ...

लम्की - परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताइन्। 

कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज...

चिसापानी–गड्डा चौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री

कर्मचारी सङ्गठनले सुशासनको पैरवी गर्नुपर्छ :...

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्मचारीहरूले सुशासन कायम गर्नमा विशेष ध्यान दिनुपर्ने बताए ।

नेपाल निजामती कर्मचारी सङ्गठन, उद्योग, वाणिज्य तथा आपूर्ति विभागीय समितिको १२औँ अधिवेशन...

कर्मचारी सङ्गठनले सुशासनको पैरवी गर्नुपर्छ : मन्त्री भण्डारी

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

म्याग्दी - म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ ।...

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः...

चितवन - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताए । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार...

आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा