धनकुटा - ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ सिजन ६ को पहिलो अडिसन आगामी भदौ १ गते भोजपुरबाट सुरु हुने भएको छ ।
रिक्रियशन मल्टिमिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रालि र टिन्ज डान्स सेन्टर धनकुटाको आयोजनामा हुने कार्यक्रममा गायन तथा नृत्य विधामा प्रतिस्पर्धा हुने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
प्रतियोगिताको गायन विजेताले पाँच लाख रुपैयाँ तथा पाँच लाख बराबरको जीवन बिमा र गीत रेकर्ड गर्ने मौका पाउनेछन् भने नृत्य तर्फको विजेताले पाँच लाख रुपैयाँ तथा पाँच लाख बराबरको जीवन बिमा गरिने बताइएको छ । प्रतियोगिताको दोस्रो र तेस्रो हुनेको लागि कार्यक्रम अवधिभित्र पुरस्कार खुलाइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको भदौ १ गते भोजपुरमा सुरु भएर मङ्सिर २२ गते धनकुटा जिल्ला अडिसन हुनेछ । कोशी प्रदेशका विभिन्न १२ ठाउँमा हुने अडिसनमा नेपालभरिका जोसुकैले भाग लिन पाउने प्रतियोगिताका कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिए ।
जिल्ला अडिसन पछि मुख्य कार्यक्रम धनकुटामा हुने जनाइएको छ । जिल्ला अडिसनमा निर्णायकहरूमा नृत्यतर्फ सुमन योगी, युसिन यसमाली मगर र दिपेश मगर रहनेछन भने गायनतर्फ महेश राई र जुनी खालिङ राई रहने आयोजकले बताएको छ । फाइनलको निर्णायक राष्ट्रिय कलाकार रहने आयोजकले जनाएको छ ।
काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए ।
सांसदहरुले महायज्ञको नाममा...
फिक्कल (इलाम) - अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ ।
हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती...
काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताए ।
‘सबैका लागि समयमै पूर्वसूचना’ नाराका...
झापा - एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ ।
एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले...
प्रतिक्रिया